चौतारा माघ २३ । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं. ७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट २ जनाको हत्या भएको छ ।
आज साँझ चिम्लिङका बिजय तामाङले मध्यपान सेवन गरी अन्दाधुन्द खुकुरी प्रहार गरि दुईजनाको हत्या गरेका हुन् । उनले खुकुरी प्रहार गरि सोही ठाउँका वर्ष ७० का बासु माया तामाङ र बर्ष ५९ को सन्त वीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । हत्या गरि फरार रहेक तामाङको खोजीकार्य जारी रहेको समेत प्रहरीले जानकारी दिएको छ।्