चौतारा, माघ २४।
प्याब्सन सिन्धुपाल्चोकले नयाँ कार्यसमिति चयन गरेको छ । प्याब्सन सिन्धुपाल्चोकको १० औं जिल्ला अधिवेशनबाट ओमप्रकाश उप्रेती अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा उप्रेती सहित समितिको सचिवमा बुद्दि प्रसाद आचार्य, कोषाध्यक्षमा मदन कुमार सापकोटा निर्वाचित भएका छन् ।
आज एक कार्यक्रमका बिच निर्वाचित पदाधिकारीलाई पदस्थापन तथा शपथग्रहण कार्यक्रम समेत गरिएको प्याब्सन सिन्धुपाल्चोककि निवर्तमान अध्यक्ष दुर्गा थापाले जानकारी दिईन् ।