अर्जुन शर्मा, सिन्धुपाल्चोक
शिक्षा मन्त्रालयबाट प्रकाशित विद्यालय शिक्षा सम्बन्धी पछिल्लो ‘फ्ल्यास रिपोर्ट’ले नेपालका करिब ३५ हजार २ सय विद्यालयमध्ये सामुदायिक विद्यालयको संख्या करिब २९ हजार २ सय (८२ प्रतिशत) र विद्यालयतहमा अध्ययनरत ७४ लाख विद्यार्थी मध्ये ६१ लख विद्यार्थी (८२ प्रतिशत) सामुदायिक विद्यालयमा पढिरहेको देखाएको छ । यो तथ्यले नेपालको विद्यालय शिक्षा मूलतः सामुदायिक विद्यालयमा नै निर्भर छ भन्ने स्पष्ट रुपमा देखाउँछ ।
सरकारले शैक्षिक गुणस्तर उकास्न तथा शैक्षिक उपलब्धि वृद्धि गर्न गरिएका अनेकौं कार्यमा करोडौं रकम खर्चेर पनि प्रतिफल निराशा जनक रहेको छ । बागमती प्रदेश सरकारले समेत प्रदेशको समग्र शैक्षिक गुणस्तर उकास्नको लागि बिभिन्न कार्यक्रमहरु लागू गरेको छ । तापनि प्रतिफल सन्तोषजनक नपाएकोमा बागमती प्रदेश सामाजिक बिकास मन्त्रालय अन्र्तगत रहेको शिक्षा निर्देशनालयका कायम मुकायम निर्देशक चन्द्रप्रसाद लुइँटेलले दुखेसो व्यक्त गर्छन् ।
प्रदेश सरकारले २० प्रतिशत भन्दा धेरै बजेट शिक्षामा लगानी गरेका छ तर पनि भने जस्तो प्रतिफल पाउन सकिरहेको छैन । ‘यस बिषयमा सम्पुर्ण जिम्मेवार व्यक्तिहरुले समीक्षा गर्नुपर्ने उनले देखेका छन् । अन्य ६ वटा प्रदेशको तुलनमा बागमती प्रदेशको शैक्षिक गुणस्तर उच्च नै रहेको भएपनि सन्तोषजनक पाइएको छैन ।
सरकारी तथ्यांकमै सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ स्तर कमजोर रहेको सार्वजनिक हुँदै आएको छ । निजी विद्यालयको अस्तित्व नभएका अवस्थामा सामुदायिक विद्यालयको एकल उपस्थिति थियो । तर पछिल्लो समयमा निजी बिद्यालयको उपस्थिति हुन थालेपछि सामुदायिक बिद्यालयमा भन्दा निजी व्द्यिालयमा अभिभावकको ध्यान आकर्षित भएको जिल्ला शिक्षाविकास तथा समन्वय इकाई, सिन्धुपाल्चोकका शिक्षा समन्वय अधिकारी कृष्ण सुवेदीले स्वीकार गर्छन् ।
सिन्धुपाल्चोकको जेठो विद्यालय श्रीकृष्ण रत्नगंगा माध्यमिक व्द्यिालयको उदाहरण दिदै अधिकारी सुबेदी भन्छन् ‘सामुदायिक बिद्यालय भन्ने बित्तिकै सबै कमजोर छैनन्, कुनै कुनै सामुदायिक विद्यालयले समेत उत्कृष्ट नतिजा ल्याउन समेत सफलभएका छन् तर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्ँिकदो छ ।’ भौगोलिक बिकटता, दरबन्दिमा रहेका शिक्षकहरुको गैर जिम्मेवारीपन र अभिभावकले शिक्षाको महत्व नबुझ्नु पनि सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर खस्किनुको प्रमुख कारण रहेको उनको ठम्याइ छ ।
विश्व शिक्षा आधुनिकता सँगसँगै चन्द्रमामा नयाँबस्ती विकासको योजना बुनिरहेको छ । सम्भावनाका ढोकाहरु पहिल्याउँदै छ । तर हाम्रो देशकोशिक्षा प्रणाली त्योभन्दा धेरै टाढा छ । सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि दिनदिनै कमजोर हुँदै गैरहेको छ । नेपालका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निजी विद्यालयको तुलनामा निकै कमजोर देखिन्छ । सरकारी निकाय तथा विभिन्न संघ संस्थाहरुले विभिन्न प्रकारका तालिम, सभा, सम्मेलन, अन्तरक्रिया, छलफल, योजना निर्माण आदि गरी शिक्षाको गुणस्तर उकास्ने प्रयत्न गरिँदै आएपनि व्यवहारमा सार्थकता पाउन सकिरहेको छैन ।
सिन्धुपाल्चोकको सन्र्दभमा हेर्ने हो भने भुकम्पले ध्वस्त बनाएको शैक्षिक संस्थाहरुको पुर्ननिर्माण सम्पन्न भएको छ तर बिद्यालय व्यवस्थापन समितिले कक्षाकोठा व्यवस्थापन गर्नसकेको छैन । अझैपनी कक्षामा के पढाउने ? भन्ने योजना बिनै शिक्षक कक्षामा प्रवेश गर्ने गरेको पाइन्छ । शिक्षकले पढाउने भन्दापनि राजनीति गर्न व्यस्तहुने गलत परिपाटीले झनै सामुदायिक विद्यालयको शिक्षालाई पछाडि धकेल्न टेवा पु¥र्याएको सुबेदी बताउँछन् ।
सिन्धुपाल्चोकका शिक्षाविद् राजेन्द्र श्रेष्ठ सामुदायिक विद्यालयप्रति समाजकोे हेराइ र बुझाई नै गलत रहेको ठान्छन् । समाजमा रहेको सामुदायिक विद्यालय प्रतिको हेराई र बुझाईलाई परिवर्तन गर्न नसकेसम्म जस्तोसुकै कार्यक्रम ल्याएपनि शैक्षिक गुणस्तर कायम तथा सुधार गर्न नसकिने उनको निचोड छ । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्किनुको मुख्य कारण नै एक आपसमा लगाइने आरोप प्रत्यारोप रहेको उनि बताउँछन् । नतिजा गुणस्तरीय नआउनुमा शिक्षकले विद्यार्थी र अभिभावकलाई दोषि देखाउने, विद्यार्थी र अभिभावकले शिक्षकलाई देखाउने परिपाटीले पनि गुणस्तरीय शिक्षामा कमि आएको उनको ठहर रहेको छ ।
सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरु गैरजिम्मेवार बन्नुपनि सामुदायिक विद्यालयको गुणस्तर खस्किनुको प्रमुख कारण गरेको संस्थागत विद्यालयका संंचालकहरु बताउँछन् । सामुदायिक विद्यालयको जत्तिको स्रोत साधन र प्रविधि संस्थागत विद्यालयमा हुने हो भने अझै राम्रो नतिजा हात पार्न सकिने जिल्ला प्याव्सन सिन्धुपाल्चोकका अध्यक्ष ओम प्रकाश उप्रेतीको विश्वास छ ।
गुणस्तर वृद्धिका लागि शिक्षक, अभिभावक र बिद्यार्थी तीनै पक्ष आफ्नो ठाँउँमा जिम्मेवार हुनुपर्ने उनको तर्क छ । जिल्लामा रहेका एक सय ४५ वटा माध्यामिक विद्यालयको तथ्याङ्कलाई केलाउँदै उनलेभने सामुदायीक विद्यालयको तुलनामा संस्थागत व्द्यिालयहरु निकै नै उत्कृष्ट रहेको तर्क गर्छन्। त्यसको गतिलो प्रमाणका लागि गत सालको एसईईको नतिजा नै काफी छ ।
औसत उपलब्धि ४१ प्रतिशत
कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीको औसत क्षमता पाठ्यक्रमले तोकेको तहगत उद्देश्यभन्दा कमजोर पाइएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) ले सन २०१९ मा गरेको गणित, नेपाली, विज्ञान र अङ्ग्रेजी विषयको परीक्षणमा कक्षा १० को न्यूनतम क्षमता भन्दा ५१ प्रतिशत विद्यार्थीको सिकाइ उपलब्धि कमजोर थियो । शैक्षिक गुणस्तर परीक्षण केन्द्र महानिर्देशक शिवकुमार सापकोटा ‘विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण २०१९ ले गरेको अध्ययनमा १० कक्षा भन्दा न्यून क्षमता भएका विद्यार्थी धेरै पाइएको जानकारी दिन्छन् ।
सो प्रतिवेदनले सुविधा सम्पन्न सामुदायिक विद्यालय र संस्थागत विद्यालयका विद्यार्थीबीचको सिकाइ उपलब्धि उच्च रहेको औँल्याएको छ । तर सुविधा विहीन विद्यालयको औसत सिकाइ उपलब्धी डरलाग्दो देखाएको छ । जसले सामुदायिक विद्यालयहरुलाई अपग्रेड गरी सिकाइमा रहेको अन्तरलाई लगानी, प्रक्रिया वा नीतिमा सुधार गरी रणनैतिक कार्यक्रमबाट पूरा गर्नुपर्ने प्रतिवेदनले औँल्याएको छ । स्थानीय सरकारले शैक्षिक गुणस्तर सुधारका लागि महत्वपूर्ण भूमिकानिर्वाह गर्नु पर्ने सो प्रतिवेदनको सुझाव छ ।
एउटा विकल्पः ख्वप मोडल
भक्तपुर नगरपालिकाले नगरका टोलटोलमा शिशुस्याहार केन्द्रदेखि स्नातकोत्तर तहसम्मको पढाई हुने सातवटा कलेज सञ्चालन गर्दै आएको छ । नगरपालिकाले हाल ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज, ख्वप इन्जिनियरिङ्ग कलेज, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, ख्वप कलेज अफ इन्जिनियरिङ्ग, शारदा क्याम्पस, शारदा क्याम्पस माध्यमिक विद्यालय संचालन गरेको छ ।
सामुदायिक व्द्यिालयको गुणस्तर खस्किँदै गइरहेको अबस्थामा भक्तपुर नगरपालिकाले संचालन गरेको बिद्यालयहरुले भने उत्कृष्ठ नतिजा ल्याइरहेको छ । सम्पुर्ण बिकासका पुर्वाधारले सम्पन्न रहेको यस नगरपालिकाको भ्रमणमा आउनेहरु जो कोही व्यक्तिहरुले नगरपालिकाले संचालन गरेका कलेजहरु हेर्न नछुटाउने गरेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति बताउँछन् ।
भक्तपुर नगरपालिकाले उच्चशिक्षासम्मको अध्ययनहुने कलेजहरु मात्रै होइन, टोलटोलमा शिशुस्याहार केन्द्रहरु पनि सञ्चालन गर्दैेआएको छ । विद्यालयमा नयाँ भर्ना हुन आउनेको संख्या उल्लेख्य रहेको भएता पनि विद्यालयको स्रोत र साधनको सीमाका कारण पढ्न इच्छुक सबै विद्यार्थीहरुलाई भर्ना गर्न नसकिने अवस्था रहेको ख्वप माविका प्राचार्य प्रकाश श्रेष्ठ बतााउँछन् । उनका अनुसार ख्वप माविमा मात्रै यस बर्ष ३ हजार ४ सय ५६ विद्यार्थी अध्ययनरत छन् ।
कतिपय विषयको अध्ययनलाई प्रोत्साहन गर्नका लागि भक्तपुर नगरपालिकाले छात्रवृत्ति दिने व्यवस्था पनि अगाडिी सारेको छ । नगरपालिकाले नगरबासीका छोराछोरीले आर्थिक अवस्था कमजोर भएकै कारण शिक्षाबाट बञ्चित हुन नपरोस् भनी शैक्षिक ऋणको समेत व्यवस्था गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी नगरपालिकाको चौथो नगरसभाले शैक्षिक ऋण वितरण गर्ने नीतिपारित गरी २०७५ वर्षदेखि नै कार्यान्वयनमाल्याएको हो । यस प्रकारको शिक्षा निति र कार्यक्रम सबै स्थानीय सरकारहरुले ल्याउने हो भने संस्थागत बिद्यालयहरुलाई निरुत्साहित गरेर सामुदायिक विद्यालयहरुलाई उत्कृष्ट सावित गर्न सकिन्छ ।
निःशुल्कमा छैन अभिभावकलाई भर
सिन्धुपाल्चोकको चौताराका साजन श्रेष्ठ ज्यामीकाम गरेर गुुजारा गरिरहेका छन् । एक श्रीमती र २ छोरा सहित डेरामा बसिरहेका श्रेष्ठ घरनजिकै रहेको सामुदायिक बिद्यालयमा केटाकेटी बढाउँदैनन् । बरु मासिक ६ हजारसम्म तिरेर आफ्ना छोराहरुको सुन्दर भबिश्यको लागि जुगल बोर्डिङमा पठाउँछन् । यो निःशुल्क शिक्षा प्रति जनतामा विश्वास नभएको एउटा उदाहरण हो ।
साजन त एक प्रतिनिधि पात्र मात्रै हुन्, उनि जस्ता हजारौँ अभिभावकहरु आफ्ना छोराछोरीले आफुले जस्तै दुख पाउनु नपरोस भनेर शिक्षामा नहिच्किचाइ लगानी गर्छन् । उनिजस्ता सम्पुर्ण अभिभावकको चाहना निःशुल्क विद्यालय शिक्षा भन्दा गुणस्तरीय शिक्षा नै हो । निःशुल्क शिक्षा पनि गुणस्तरीय हुन्छ भन्ने विश्वास जनतालेपाउन सकेनन् । गुणस्तरीय शिक्षाका लागि जनता शुल्क तिर्न तयार छन् भन्ने उदाहरण निजी विद्यालयमा विद्यार्थीको चापबाट पनि बुझ्न सकिन्छ ।
तसर्थ सरकारी बिद्यालयमा गुणस्तरीय शिक्षाको ग्यनरेन्टि हुने हो भने अभिभावकहरु शुल्क तिरेरै भएपनि सामुदायिक व्द्यिालयमा आफ्ना बालबालिका पढाउन चाहन्छन् । तसर्थ शिक्षालाई निशुल्क भन्दापनि गुणस्तरीयतामा ध्यान दिन जरुरी रहेको कतिपय अभिभावकहरुको आवाज रहेको पाइन्छ ।
सामुदायिक बिद्यालय सुधारका ६ बाटा
वर्तमान अवस्थाको परिपाटी हेर्दा विद्यालयको शैक्षिक सुधारभन्दा भौतिक पूर्वाधारको योजना तिर बढी चासो नरहने गरेको पाइन्छ । सम्बन्धित सबैको तालमेल र सहकार्य भएमा भने अवश्यपनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम हुन्छ भन्नेमा दुई मत छैन । यसका लागि विभिन्न उपायहरु अपनाउन सकिन्छ । यस सन्दर्भमा मूलतः विभिन्न ६ वटा उपायहरु देखिन्छन्, जसलाई तल चर्चा गरिएको छ ।
योग्य शिक्षक उत्पादन ः
शिक्षाको आधारभूत र पहिलो शर्त नै शिक्षकहो । उनीहरु योग्य नभएमा उनीहरुले पढाउने विद्यार्थी योग्यहुने संभावना नै हुँदैन । नेपालमा सामुदायिक विद्यालय सुधारको प्राथमिक सर्त भनेको पेसा र जिम्मेवारी प्रति प्रतिबद्ध प्रधानाध्यापक र शिक्षक उत्पादन गरी उनीहरूलाई विद्यालयका कक्षा कोठासम्म सिकाई सहजीकरणका लागि पु¥–याउनु हो ।
योग्य र दक्ष शिक्षक भएमामात्र विद्यार्थीको इच्छा, चाहना र क्षमता अनुसार सिक्ने सिकाउने वातावरण सिर्जना गर्न सक्षम हुन्छ । दक्षजनशक्ति नै देशका लागि विकास र प्रगतिको वाहक हुन् । नेपालमा शिक्षक तयारी, सीप विकास तथा पेसागत विकासका विभिन्न प्रर्यत्न भएका छन् । तथापिअपुग छन् ।
त्यसैले अरु उत्कृष्ट बनाउन थप प्रयास गर्नु जरुरी छ । अझ प्रतिस्पर्धात्मक बनाउन शिक्षक सेवाको उतीृर्ण प्रतिशत बढाउनु पर्छ । अनिवार्य तालिम दिने र कक्षामा त्यसको प्रयोगको अनुगमन गर्ने ब्यवस्था गर्नुपर्छ । शिक्षक लाइसेन्स अद्यावधिक गर्नु पनि अनिवार्य छ । अब शिक्षकको योग्यता स्नातक चाँहिँहुनै पर्ने आवश्यकता देखिएको छ ।
प्राथमिकतहको सिकाइलाई प्राथमिकता ः
दोस्रो कुरा जग बलियो बनाएर भए मात्र घर बलियो बनाउने कुरो हो । सिकाइका दृष्टिकोणले सबैभन्दा महत्व दिनुपर्ने प्राथमिक तथा आधारभूत तहका विद्यार्थीलाई भने नेपालको शिक्षा प्रणालीले सबैभन्दा धेरै उपेक्षा गरिरहेको छ । त्यसैले यस तहका कक्षामा बालबालिकालाई राम्रोसँग सिकाउन सकिए नभने माथिल्ला कक्षामा उनीहरूले राम्रो गर्ने सम्भावना न्यून हुन्छ ।
तर अधिकांश सामुदायिक विद्यालयले तल्ला कक्षामा पढ्ने बालबालिकाको सिकाइ प्रक्रियामा पर्याप्त ध्यान दिएको देखिँदैन । समस्या यहिँनिर छ । त्यसैले अबको मुख्य सुधारको केन्द्र प्राथमिक तह नै हुनुपर्छ । र, नीति निर्माण देखि कार्यान्वन तहसम्म प्राथमिकतहलाई शिक्षा सुधारको केन्द्र बनाउनुपर्छ ।
सिकाइको नयाँ अवबधारणा
तेस्रो पक्ष हो, सिकाइको अवधारणाको अभ्यास र प्रयोग । बिद्यालयको सिकाइले वास्तविकजीवन जगत र बिद्यालयलाई समाज र सामजिक सस्थाहरुसँग जोड्नुपर्छ । पढाईलाई सीपसँग र सिपलाई ब्यवहार, श्रम र मुल्यसँग जोड्न सक्नुपर्छ । धन सम्पती आर्जनमा भन्दा संस्कार सिकाउने र शुद्ध आचरणको निर्माणमा जोड दिनुपर्छ ।
बिद्यालय सिकाइ बातावरण मैत्री हुनुपर्छ ।, रचनात्मक सिकाइ बाताबरणको सिर्जना र बाल मैत्री सिकाईलाई जोड दिनुपर्छ । शिक्षक बिद्यार्थी पाठ्यक्रम बहुपाठ्यपुस्तक र नीति निर्माता र समाजलाई एक आपसमा जोडेर सिकाइमा साझेदार बनाउने नयाँ सिकाइ अवधारणा ल्याउनुपर्छ ।
उत्प्रेरित हुने वातावरणको सिर्जना
यति भइसकेपछि आवश्यक अर्को उपाय हो– उत्प्रेरणा । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूका लागि राज्यले दिने सेवा सुविधा पर्याप्त छैन् । शिक्षकहरु पारिश्रमिकबाट बाँच्ने अबस्थामा छैनन् । सामुदायिक विद्यालयमा राम्रो मानव संशाधन आकर्षण गर्नु आवश्यक छ । यसका लागि सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि थप उत्प्रेरित गर्नुपर्छ । शिक्षकलाई विद्यालयमा थप जिम्मेवारी दिए बापत आर्थिक वा अन्य थप सुविधा दिनुपर्छ ।
विद्यार्थीहरुलाई पाठ्यपुस्तक र छात्रवृत्तिको अलवा दिवा खाजा, पोसाक खर्च, थप शैक्षिक सामग्री र बहु–पाठ्यपुस्तक, खेल र मनोरञ्जनात्मक कार्यक्रम मार्फत सिकाइमा उत्प्रेरित गर्नुपर्छ । सरकारले बिद्यार्थी उपस्थितिलाई आधार मानेर आकर्षक पुरस्कारको ब्यवस्था गर्दा बिद्यार्थी बिद्यालयमा टिकाउ दर बढ्छ । त्यसले उपलब्धि बढाउन मद्दत गर्छ ।
मर्यादित र सम्मनित पेशा ः
शिक्षकले नै मर्यादित र सम्मानित महसूस गर्न सकेन भने शिक्षामा सुधारको संभावना रहँदैन । तसर्थ यो पाँचौ उपायलाई पटक्कै नजर अन्जार गर्न मिल्देन । शिक्षण पेशालाई ब्यबस्थित, मर्यादित र सम्मानित पेसा बनाउनकुनै तहबाट पनि केही कसुर बाँकी राख्नु हुन्न । “म शिक्षक हुँ “भनेर गर्व गर्ने स्थितीको सिर्जना गर्नुपर्छ ।
जवकी त्यसका लागि शिक्षकको मनोबल उच्च र शीर ठाडो हुन् वातावरण हुनुपर्छ । त्यसो हुनका लागि संघीय, प्रादेशिक र स्थानीय गरी तीनै तहको सरकारले आवश्यक व्यवस्था गरिदिनु पर्छ । शिक्षकलाई थप उतरदायी र जवाफदेही त बनाउनु त पर्छ नै पर्छ, परिणाममुखी पनि बनाउनुपर्छ ।
जवाफदेहीता ः
अन्तिम उपाय भनेको अबको शिक्षण जवाफदेही हुनु अपरिहार्य छ । जवाफदेही शिक्षणले मात्र सिकाइमा अपेक्षित नतिजा दिन्छ । बिद्यालयका काम कारवाही चुस्त, दुरुस्त र पारदर्शि हुनु जरुरी छ । आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवारीको बहन गर्नु प्रधानध्यापक र शिक्षकको मुख्य कर्तव्य हो ।
ईश्वरको नामलिएर शपथ खाएका शिक्षक, राष्ट्रसेवक र राजनीतिक जनप्रतिनिधिहरुले इमानदार र कर्तव्यनिष्ट भई परिणाममूखी काम गर्ने हो भने बिद्यालयको वर्तमान अवस्थामा सुधार हुन्छ । सामुदायिक विद्यालयमा विद्यार्थीहरु बढ्दै गएका छन् ।
यी विद्यालयमा राज्य र समुदायको लगानी पनि बढ्दै गएको छ । सामुदायिक विद्यालयको गुणस्तर उकास्नका लागि अझ प्रभावकारी आधुनिक र ब्यवहारिक पाठ्यक्रम निर्माण गर्नैपर्छ । बालबालिकाको इच्छा, चाहना र आवश्यकता अनुसारको फरक फरक पाठ्यक्रम निर्माण गर्नुपर्छ । अहिलेको जस्तो होलसेल पद्धति र आयातित पाठ्यक्रमलाई त्यागेर स्थानीयआवश्यकतालाई हेरेर बिश्व परिबेसलाई पनि जोड्दै पाठ्यक्रम बनाउनुपर्छ ।
अन्त्यमा, शिक्षक, विद्यार्थी, व्यवस्थापन समिति, अभिभावक र सरोकारवाला ब्यक्ति तथा निकायहरू सबै थप जिम्मेवार, इमान्दार र असल भएर आफ्नो काम, कर्तव्य र अधिकारको सहि र विवेकपूर्ण ढ्ङले पूरा गर्न डटेर लागि पर्ने हो भने सामुदायिक बिद्यालयको अवस्थामा अपेक्षित सुधार हुने कुरा निश्चित छ ।
समाज र राष्ट्रलाई गतिशील बनाई विकास र समृद्धिको लयमा डो¥याउने मार्गदर्शक पनि शिक्षा नै हो । हरेक देश कस्तो हुने र कस्तो बनाउने भन्ने विषय त्यहाँको शिक्षा प्रणालीले नै निर्धारण गर्छ । त्यतिमात्रै नभएर शिक्षाबाट मात्रै समाज परिवर्तन सम्भव छ । तसर्थ सबैको पहुँचमा रहेको र समाजमा शिक्षा फैलाउने बाहेक अरु कुनै उद्देश्य नभएको सामुदायिक विद्यालयको अवस्थामा सुधारबाट नै शिक्षा राष्ट्रको भविष्य निर्माणको एक मेरुदण्ड हो भन्ने जानकारीलाई व्यवहारमा रुपान्तरण गर्न सकिन्छ ।