बराम्ची, २१ चैत्र।
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज माधब सापकोटा सुवाेधले अबको लडाइँ पुँजीवादी र समाजवादीहरुको बिचमा हुने बताएका छन् ।
जुगल गाउँपालिका दाेस्राे बिस्तारीत बैठककाे सम्बोधन गर्दै युवा नेता सापकोटाले यस्तो बताएका हुन् । कार्यक्रममा उनले ब्यवस्था बदल्याै अवस्था हाम्रै नेतृत्वमा गर्ने ठाेकुवा गरेका समेत गरेका छन् । उनले भने, ढुक्क हुनुहोस् आसन्न निर्वाचनमा समाजबदीहरुकाे बिजय हुनेछ ।
उनले जसकाे नीति उसैले नेतृत्व गरेर जाने पार्टीको संकल्प रहेकाे जिकिर समेत गरेका छन् ।
बैठकमा पार्टीको प्रदेश समिति सचिवालय सदस्य एवं जिल्ला अध्यक्ष गाेबिन्द पराजुली, प्रदेश समिति सचिवालय सदस्य जुगलकाे चुनाबी कमान्डर चन्द्र सापकोटा र प्रदेश सदस्य पदम बहादुर श्रेष्ठ र अम्बिका नेपाल , जिल्ला सदस्यहरु साथै पुराना नेता तथा कार्यकर्ता र पालिका सदस्यहरुकाे उपस्थिति रहेको थियो ।
पार्टीका जुगल पालिका अध्यक्ष रेशम स्याङ्वाेकाे अध्यक्षतामा बसेको बैठकले बैठकले चुनावी कार्ययोजनाकाे निर्णय सहितको निर्णय गरेको छ ।