चौतारा, चैत्र २४ ।
सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले चौतारा साँगाचोकगढी नगरपालिकामा निर्मित बुद्ध पार्कको उद्घाटन गरेका छन् ।
सभामुख सापकोटाले नगरपालिकाको गौरवको योजनाको रूपमा वडा नं ६ ट्याङ्की डाँडामा निर्माण गरिएको गौतम बुद्धको प्रतिमा सहितको बुद्ध पार्कको उदघाटन गरेका हुन् ।
सदरमुकाम चौतारा बजारबाट आकर्षक हजारौं सिँढी उक्लँदै पुग्न सकिने बुद्धपार्कको उदघाटन सम्पन्न भएको हो ।सिढींबाट आरामदायी यात्रासँग पुग्न सकिने उक्त बुद्ध मुर्ती ६७ फिट अग्लो रहेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाको नगर गौरवको योजनाअनुसार ६ करोड २१ लाख ५३ हजारमा सो पार्क बनेकोहो । अरनिको राजमार्गको सुकुटे आउने पर्यटकलाई यहाँसम्मल्याउने योजना अघि सारेको नगरपालिका मेयर अमानसिंह तामाङले बताए।
सो बुद्धपार्कबाट जुगलहिमाल, काभ्रेको प्रसिद्ध पलाञ्चोक मन्दिर, शिवपुरी क्षेत्र, धुलिखेल, नगरकोट स्पष्ट रुपमा देख्न सकिन्छ ।समुन्द्री सतहबाट दुई हजार एक सय ५० मिटरको उचाइमा रहेका पर्यटकीय हिमालीगाउँओखरेनीमा रहेको चियाबगानसम्म पर्यटक लैजान बुद्ध मुर्तीको प्रतिमाले महत्व राख्दछ ।सदरमुकामबाट बुद्ध पार्क सवारीको प्रयोगबाट पनिपुग्न सकिन्छ भने आधा घण्टा पैदलबाट पनिजान सकिन्छ ।
भ्यु टावर सहितको बुद्धको मुर्ति निमार्ण कार्य सम्पन्न भएपछि आन्तरीक पर्यटक बड्ने र चौताराको महत्वलाई थप वढाउने नगरपालिकाले जनाएको छ ।