चौतारा, बैशाख १२ ।
चौतारा साँगाचोकगढी नगरपालिकाका निर्वमान नगरप्रमुख अमानसिंह तामाङले स्वतन्त्र तर्फबाट मनोनयन दर्ता गर्ने बताएका छन् ।
तामाङ आफ्नो सामाजिक संजाल मार्फत यस्तो घोषणा गरेका हुन् । ‘यहि बैशाख ३० गतेको स्थानिय निर्वाचनमा पार्टी अध्यक्ष क.प्रचण्डले बारबार टिकट मलाई दिदा पनि विचबाट अग्नी सापकोटाको पावरमा कृष्ण प्रसाद सापकोटाले अपहरण गरेकोले आज सवै जनताको मागलाई सम्वोधन गर्नका लागी स्वतन्त्र रुपमा उमेदवारी दर्ता गर्ने जानकारी सबैमा गराउन चाहान्छु।’ तामाङले सामाजिक संजालमा लेखेका छन् ।
निवर्तमान मेयर तामाङ २०७४ सालको चुनावमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।