चौतारा ।
कृष्णप्रसाद सापकोटा (देशबन्धु) को जन्म २०१७ माघ ११ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४ (साविक कुविण्डे गाविस वडा नं. ७) मा भएको हो । तत्कालीन निरंकुश पञ्चायती व्यवस्था वि?द्ध सानै देखि विभिन्न सामाजिक अभियान र राजनीतिक आन्दोलनमा सामेल भएर उहाँले आफूमा चेतनाको राँको बाल्नुभयो ।
वि.सं. २०३७ सालमा पार्टीको सेल सेक्रेटेरी हुँदै २०३८ मा पार्टी जिल्ला कमिटीको सदस्य हुनुभयो । २०३८ सालमा भारतको अयोध्यामा सम्पन्न भएको अखिल नेपाल किसान संघको राष्ट्रिय सम्मेलनमा सहभागी हुनुभएको थियो । २०४६ सालको जनआन्दोलनमा तत्कालीन राष्ट्रिय जनमोर्चाको जिल्लास्तरको नेतृत्वका हैसियतमा सहभागी हुनुभयो । २०४९ सालको स्थानीय निर्वाचनमा तत्कालीन कुविण्डे गाविसको अध्यक्ष पदमा भारी मतले विजय प्राप्त गर्नुभएको थियो ।
तत्कालीन नेकपा (माओवादी)ले २०५२ फागुनबाट शु? गरेको जनयुद्धमा गाविस अध्यक्षको जिम्मेवारी कार्यवाहक दिएर पूर्णकालीन सदस्यका ?पमा समाहित हुनुभयो । २०५५मा सिन्धुपाल्चोक र दोलखा जिल्लाको समेत जिल्ला सेक्रेटरी बन्नु भयो । जनयुद्ध कालमा नेकपा (माओवादी) को सिन्धुपाल्चोक, दोलखा, काभ्रे तथा रामेछपको इञ्चार्ज हुँदै उपव्यूरो इञ्चार्ज लगायतका भूमिका निर्वाह गर्नुभएको थियो ।
सापकोटाले जनयुद्धका क्रममा आफ्नी जेठी छोरी सुभद्रालाई गुमाउनु पर्यो । कक्षा ९ मा पढ्ने चौध वर्षीया सुभद्रालाई साँस्कृतिक कार्यक्रमको क्रममा काभ्रे जिल्लाको अनेकोटमा पुग्दा अन्य ६ साथीह? सहित प्रहरीले हत्या गरेको थियो । कृष्णप्रसाद सापकोटा जस्ता लाखौंको त्याग र सुभद्रा जस्ता हजारौंको बलिदानको जगमा आज गणतन्त्र, संघीयता र सम्बृद्धिको अभियान शु? भएको छ । स्थानीय तहह? स्वायत्त भएका छन् । गाउँ गाउँमा सिंहदरबार आएको छ ।
सापकोटा हाल नेकपा (माओवादी केन्द्र) को केन्दीय सदस्य एवं बागमती प्रदेशको सह इञ्चार्जको भूमिकामा हुनुहुन्छ । उहाँ सहिद प्रतिष्ठान नेपालको अध्यक्ष पनि हुनुहुन्छ ।
इमान्दार, शालीन र आम जनतामा लोकप्रिय सापकोटाले यसपटक नेकपा (माओवादी केन्द्र) को तर्फबाट चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख पदमा उम्मेद्वारी दिनुभएको छ । नगरपालिकामा अवस्थित स्रोत साधनलाई व्यवस्थित रुपमा परिचालन गर्दै नगरबासीको सम्बृद्धिको सपनालाई साकार तुल्याउन यसपटक परिपक्वर इमान्दार व्यक्तित्व सापकोटालाई भारी मतले विजयी गराऔं ।
सौजन्य