बैशाख २० ।
चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्ण प्रसाद सापकोटा र उपप्रमुख उम्मेद्वार नेकपा समाजवादकी सिता थापा प्रचारप्रसार तथा घरदैलो अभियानमा व्यस्त रहेका छन् ।
आफ्नो पक्षमा मत माग्दै उम्मेदवारहरु निवर्तमान नगरप्रमुख अमान सिंह तामांगलाई साथमा लिएर जनताको घरदैलोमा डुलिरहेका छन् । उम्मेद्वार सहित नेता कार्यकर्ताले मंगलबार वडा नं. २ र वडा नं.३ बतासेका स्थानीयबीच घरदैलो कार्यक्रम सक्काएका छन् ।
यसैगरी, वैशाख २१ गते वडा नम्बर ६, २२ गते १०, २३ गते १४ , २४ गते ११ , २५ गते ८ र ९ , र २७ गते वडा नम्बर १ मा घरदैलो तथा टोल स्तरीय कार्यक्रम गर्ने संयुक्त निर्वाचन परिचालन कमाण्डले जनाएको छ । अरु वडामा एक चरणको कार्यक्रम सम्पन्न भईसकेको छ भने २६ गते चौतारामा केन्द्रीकृत सभा गर्ने निर्णय समेत गरेको छ ।
आफ्ना चुनावी एजेण्डा र प्रतिबद्धता पत्रसहित चौतारा साँगाचोकगढी नगरपालिकाको सबै वडाका स्थानीय र पार्टीका नेता, कार्यकर्ताबीच सक्रिय भेटघाटमा व्यस्त रहेका सापकोटा र थापा निर्वाचित भइ जनताको काम गर्न तल्लिन रहेका छन् ।
घरदैलो अभियान लिएर नागरिकको दैलोमा पुग्नुभएका सापकोटाकोले नागरिकको शिक्षा, स्वास्थ्य, सडक, स्वरोजगारका कुरालाई प्राथमिकतामा राख्ने उम्मेदवार माझ प्रतिवद्धता गर्नुभएको छ ।
यसपटक चौतारा साँगाचोकगढी नगरपालिकामा नयाँ अनुहार र केन्द्रिय राजनीतिमा पहुँच बनाएका तथा अन्तराष्ट्रिय सम्बन्ध समेत रहेका कृष्ण प्रसाद सापकोटा भएकाले गाउँमा भेटिएका स्थानीय बासिन्दा आशावादी देखिएका छन् । भाषण भन्दा पनि जनताले विकास चाहेका छन्। मतदाता भन्छन्, “विकासप्रति प्रतिवद्ध सापकोटाको टिमलाई हामी भोट दिन्छौँ।”
गाउँमा चुनावी चहलपहल बढेसँगै कामका लागि जिल्ला बाहिर गएका नागरिक अहिले गाउँ फर्किन थालेका छन् । सुनसान रहने गाउँमा चहलपहल निकै बढेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र कांग्रेसले पनि नगरपालिकाका उम्मेदवारले पनि चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रमलाई तीव्रता दिदैँ गएका छन् ।