पेट्कु।
लिसंखुपाखर गाँउपालिका वडा नं. ६ पेडकुको समग्र बिकास र समृद्ध वडा निर्माण गर्ने अठोटका साथ २६ बर्षे युवा चुनावी मैदानमा उत्रिएका छन् ।
उनको सपना वडाध्यक्ष जित्ने मात्र हैन वडाध्यक्ष जितेर उक्त वडालाई सिन्धुपाल्चोक जिल्लाको नै उत्कृष्ट वडा बनाउने योजना छ । सानै उमेरदेखि समाजिक कार्यमा लागेका पेडकुका सुरज खडकाले आफ्नो गाँउ आफै बनाउ भन्ने मुल नारा लिएर वडाध्यक्षको लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
पछिल्लो समयमा राजनिति फोहोरी खेल भएको कारण देखाउदै कुनैपनी राजनैतिक दलको झण्डा नबोकी स्वतन्त्र रुपमा अगाडी बढेका उनले आफ्नो जित सुनिश्चित रहेको स्वृकारेका छन् । अगिल्लो पटक निर्वाचित भएका जनप्रतिनिधिहरुले आवश्यकताको पहिचान गरेर विकासका कामहरु गर्न नसकेको उनको आरोप रहेको छ ।
वडामा भएको भष्टचार र अनियमितताको बिरुद्धमा शसक्त आवाज उठाउदै आएका खडकाको आगामी योजना भने अन्य उम्मेदवारहरुको भन्दा केही भिन्न छ । वडाको समग्र पुर्वाधार बिकाससँगसँगै कृषिलाई प्राथामिकतामा राखेर एक घर एक व्यवसायी बनाउने उनको प्रमुख योजना रहेको छ ।
गुणस्तरिय शिक्षाका लागि अन्य सहरमा छिर्नपर्ने बाध्यता हटाउनको लागि शैक्षिक गुणस्तरका लागि संवन्धित निकायमा पहल कदमी गर्ने उनको अठोट रहेको छ ।