चौतारा ।
सिन्धुपाल्चोक जिल्लामा निर्वाचन आचार संहिता विपरित बजारमा राखिएको प्रचारका सामाग्री हटाउन शुरु गरिएको छ ।
आजदेखि प्रचारप्रसार समाग्री राजतिक दलको समन्वयमा प्रहरीको सहयोगमा हटाउन थालेका छन् । सिन्धुपाल्चोकमा विभिन्न राजनितिक दलले निर्वाचन आचारसंहिता उल्घन गरेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यलयमा परेको थियो ।
जिल्लामा क्रियाशिल दलहरुसंग बसेर निर्वाचन आचारसंहिता सम्बन्धि छलफल समेत गरेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । पटकपटक निर्वाचन आचासंहिता पालना गर्न राजनितिक दलहरुलाई ताकेता गरेपनि कार्यन्वयन नभएको आयोगले जनाएको छ ।
यसअघि बैठकमा निर्वाचन आचारसंहिता पालना गर्ने दलहरुले प्रतिबद्धता जनाएका थिए ।
सिन्धुपाल्चोक जिल्लामा दलहरूले सार्वजनिक स्थलमा चुनावचिन्ह, झन्डाको तोरण, चुनाव चिन्हको भित्तेलेखन प्रमुख आचारसंहिता उल्लङ्घनका क्रियाकलाप हुन् ।