ज्यामिरे ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा न-९ स्थित ज्यामिरेमा मतदानको क्रममा विवाद भएको छ।
आधिकारिक व्यक्तिले मत नहालेर अशक्त र अपांगको नाममा अरुले नै मत प्रभावित गर्ने गरी मतदान गरेको भन्दै विवाद उत्सर्गमा पुगेको थियो । विवाद उत्कर्षमा पुगेपछि विवाद साम्य पार्न सुरक्षाकर्मी परिचालन गरिएको छ।
हाल उक्त मतदान केन्द्रमा नेपाली सेना र प्रहरीलाई बाक्लो सङ्ख्यामा परिचालन गरिएको छ ।
अहिले अवस्था सामान्य भइसकेर निर्वाचन प्रकृया पुन सुचारु भइरहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी बिकास रिजालले बताए ।
केही स्थानमा झडप भए पनि जिल्लामा हालसम्म निर्वाचन स्थगित भएको छैन् ।