मेलम्ची ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९ ज्यामिरे स्वास्थ्य केन्द्रमा हालसम्मपनि मतदाताहरुले मतदान गरिरहेका छन् । मतदान सकिन अझै १ घण्टा समय लाग्ने जिल्ला निर्वाचन अधिकारी बिकास रिजालले नयाँ अभियानलाई जानकारी दिए ।
दिउँसोको समयमा मतदान स्थलमा सामान्य झडपको स्थिती बनेकोमा सुरक्षाकर्मीले त्यसलाई नियन्त्रणमा लिएर सामान्य बनाएपछि केहीबेर रोकीएको मतदान पुनः सुरु भएको थियो ।