चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ३ मा नेकपा एमालेका अध्यक्ष उम्मेद्वार टेकबहादुर तमाङकाे प्यानल नै विजयी भएकाे छ ।
तामाङ २०७४ सालको स्थानीय तहको चुनावमा पनि नेकपा एमालेको तर्फबाट उम्मेद्वार बनी विजय भएका थिए ।
तामाङले ५५४ मत ल्याएर विजयी भएका छन् भने तामाङका प्रतिद्वन्दी कांग्रेसका उम्मेद्वारले दिपक कटुवालले ५१९ र माओवादी केन्द्रका उम्मेद्वार रामकुमार तामाङले ४०६ मत प्राप्त गरेका छन् ।