चौतारा ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाक अबको पाचँ बर्षको लागि अध्यक्षमा निमा ग्याल्जेन शेर्पा नै दोहोरिएका छन् ।
भर्खरै सम्पन्न मतगणनाको परिणाम अनुसार निमा ग्याल्जेन पुनः अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
पर्यटकीय क्षेत्र हेलम्बुको अध्यक्ष पदमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका शेर्पाले ५ हजार ३८६ मत ल्याएर विजयी भएका हुन् । उपाध्यक्ष पदमा कांग्रेसकै अप्सरा लामिछाने ५ हजार २१४ मत ल्याएर विजयी भएकि छिन् ।
अध्यक्ष पदमा उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवार दावा लामाले ४ हजार ६०३ मत ल्याएर दोस्रो भए । एमालेबाटै उपाध्यक्ष पदकि उम्मेदवार गंगा अर्याल ४ हजार ६७१ मत ल्याएर दोस्रो भईन् ।
त्यस्तै माओवादी केन्द्रबाट अध्यक्ष र उपाध्यक्ष उम्मेदवारी दिएका पेमा लामा र सुमित्रा आचार्य क्रमशः ८१३ र १०० मत ल्याएर तेस्रो भए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका अध्यक्ष देविलाल शर्मा लामिछाने र गोमादेवी अधिकारीले क्रमशः ११९ र ८४ मत ल्याए ।