भोटेकोशी ।
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार विजय भएका छन् । सोमबार साँझ आएको मतगणनाको परिणम अनुसार पालिकाको अध्यक्षमा पासाङ नोर्बु शेर्पा र उपाध्यक्ष दिछेन शेर्पा विजयी भएका हुन् ।
अध्यक्ष शेर्पाले २६०५ मत ल्याएर विजयी भएका हुन् भने उपाध्यक्षमा दिछेन शेर्पाले २७१२ मत ल्याएर विजयी भएकी छिन् ।
शेर्पाका प्रतिद्वन्द्वी नेकपा एमालेबाट अध्यक्षका उम्मेद्वार रहेका अमृत खडकाले २०४८ मात्र मत ल्याएका थिए । यस्तै उपाध्यक्षमा नेकपा एमालेकी उम्मेद्वार सुन्तली श्रेष्ठले २५५३ मत ल्याएकी छिन् ।
यस्तै माओवादी केन्द्रबाट अध्यक्षका उम्मेद्वार राजकुमार पौडेलले भने १९१८ मतमा ल्याएर तेस्रो भएका छन् । माओवादी केन्द्रका उपाध्यक्ष उम्मेद्वार आशा गुरुङ शेर्पाले १६१२ मत ल्याएकी छिन् ।
चिनसँगको उत्तरी नाका समेत रहेको यस पालिकामा नेकपा एमालेको तर्फबाट पुर्व गाविस अध्यक्ष अमृत खडका र नेकपा माओवादी केन्द्रबाट निवर्तमान पालिका अध्यक्ष राजकुमार पौडेल चुनावी मैदानमा उत्रिएका थिए ।
५ वटा वडा रहेको उक्त पालिकामा ३ वटा वडा नेपालि कांग्रेस १ वडा नेकपा एमाले र १ जना स्वतन्त्र उम्मेद्वारले जित हासिल गरेका छन् ।
१३ हजार १ सय ६४ मतदाता रहेको उक्त पालिकामा ९ हजार १ सय ३७ मत खसेको थियो ।