बलेफी ।
बलेफी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनका उम्मेद्वार गंगाबहादुर तामाङ विजयी भएका छन् ।
उपाध्यक्षमा भने नेपाली कांग्रेसकी सरु लामा तामाङ विजयी भएकी छिन् ।
गठबन्धनका अध्यक्ष उम्मेद्वार गंगाले ४ हजार ६ सय ६६ मत ल्याएर विजयी भए । उनका प्रत्यासी कांग्रेसका सुवास तिमल्सिनाले ४ हजार १सय ०५ मात्रै मत ल्याएका छन् ।
उपाध्यक्ष उम्मेद्वार सरुले भने ४ हजार ३ सय ९४ मत ल्याएर विजयी हुँदा नेकपा एमालेबाट उपाध्यक्ष उम्मेदवार सपना थापाले भने ३ हजार ६ सय ३३ मत ल्याएर दोस्रो बनिन् ।