बाह्रबिसे ।
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
मेयर पदमा कांग्रेसका बालकृष्ण बस्नेतले ७७२८ मत र उपमेयरमा मञ्जु तामाङले ६९७७ मत ल्याएर विजयी भएका छन् ।
बस्नेत र तामाङका निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका निमफुञ्जो शेर्पा ५ हजार ४ सय ३३ र सुशिला पाख्रिनले ५ हजार ९ सय ९० मत पाएर पराजय व्यहोरेका छन् भने माओवादी केन्द्रका बुद्धराज बस्नेतले ५ सय ६५ र पातली थामीले ४ सय ७१ मत ल्याएका छन् ।
अघिल्लो ०७४ स्थानीय तह निर्वाचनमा यसपटक पनि दोहोरिएका एमालेका उम्मेदवार शेर्पा र पाख्रिनले केही मतको अन्तरमा आधा वडासहित बाजी मारेका थिए ।
यसपटक पुन: त्यही पदमा दोहोरिएका दुवैले भारी मतअन्तरमा पराजय बेहोर्नुपरेको हो ।