खाडिचौर ।
खाडिचौर जिरी सडकखण्ड अन्तर्गत पर्ने सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित दुईकिलो नजिकै एम्बुलेन्स दुर्घटना भएको छ।
बुधबार राति बा २० च ६३२७ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो।
सडकखण्डबाट एम्बुलेन्स खसेर घरमा सुतिरहेकी ८९ वर्षीया मनमाया खड्काको निधन भएको छ ।
एम्बुलेन्स घरभित्र छिरेपछि घाइते भएकी खड्काको उपचारका लागि अस्पताल लाने क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिए।
उनका अनुसार एम्बुलेन्स सडकबाट दुई मिटर तल झरेको थियो।