काठमाडौँ ।
हराइरहेको तारा एयरको ९ एन एईटी कल साइनको ट्वीनअटर जहाज भेटिएको छ ।
जहाज दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङको घाँसा नजिकै टीटी भन्ने स्थानमा भेटिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले लोकान्तरलाई जानकारी दिए । जहाज भेटिएको स्थानमा हेलिकप्टर परिचालन भइरहेको पनि उनले बताए ।
यता जिल्ला प्रशासन कार्यालय मुस्ताङमा शाखा अधिकृत देवेन्द्रराज पाण्डेले भने हालसम्म १२ बजे जहाज भेटिएको भन्ने सूचना नआएको बताएका छन्
पोखराबाट मुस्ताङको जोमसोम लागि उडेको तारा एयरको जहाज दुई वटा उडान सकेर तेस्रो उडान गर्दैगर्दा घोडेपानी क्षेत्रको लेतेबाट हराएको थियो ।
जहाज ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको थियो । यो जहाज १० बजेर ७ मिनेटदेखि विमास्थलको सम्पर्क टुटेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानमा चालक दलका ३ सदस्य, ४ भारतीयसहित ६ विदेशी र १३ नेपाली यात्रु सवार थिए । लोकान्तरबाट