दुर्गा श्रेष्ठ, बराम्ची,जेष्ठ २३ ।
कार्नेट नेपाल संस्थाद्वारा जुगल गाउँपालिका वडा न.५ र वडा न.२ मा संचालित बाल संरक्षण पहल सँगै कोभिड १९ विरुद्धको कार्यक्रम सामाजिक लेखापरीक्षण जुगल ५ चनौटे मा सम्पन्न भएको छ।
उक्त कार्यक्रम सन्जय लिम्बु को अध्यक्षतामा
जुगल गाउँपालिकाको अध्यक्ष रेशम स्याङ्बोको प्रमूख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्नेट नेपाल संस्थाद्वारा जुगल गाउँपालिका वडा नं २ ,३ र ५ मा जोखिममा परेका बालबच्चाको क्षेत्रमा उल्लेखनीय काम गरेको उक्त संस्था द्वारा जुगल ५ मा नमूना जुगल हिमाल बाल सिकाइ केन्द्र को स्थापना गरी हाल २५ जना बाल बच्चाहरुलाई सेवा दिँदै आएको परियोजना अधिकृत महिमा खालिङ राईले बताइन्।
उक्त कार्यक्रम अध्यक्ष रेशम स्याङबोले संस्था सँगै साझेदारी गर्दै गाउँपालिका सरकारले यस परियोजनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
नमूना जुगल बाल सिकाइ केन्द्र संचालित भइसके पछि बाल बच्चाहरूको बोली व्यवहार र सरसफाईमा परिवर्तन भएको र यसलाई निरन्तर दिनको लागि गाउँपालिका र संस्थालाई CLC का अभिभावक कल्पना पाण्डेले बताइन्।
परियोजना सम्पन्न गर्नको लागि भएको सम्पूर्ण खर्चको आय व्याय प्रस्तुत गर्नु भएको थियो।आगामी दिनमा गाउँपालिकाको सल्ला सुझाव सँगै थप कार्यक्रम हरु गर्दै जाने बताए।
उक्त कार्यक्रम सञ्चालन सोम छिरिङ तामाङले गरेका थिए।