अत्तरपुर ।
सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउँपालिकाले विश्वकै कान्छो उमेरमा सगरमाथा आरोहण गरेका शम्भु तामाङको सम्मान स्वरुप शालिक निर्माण गरिने भएको छ ।
कार्यापालिका बैठकमा गाउँपालिकाका अध्यक्ष राजु लामाले यस विषयमा प्रस्ताव पेश गरेका थिए। यसै प्रस्तावलाई कार्यपालिकाका सबै सदस्यहरुले पास हुने गरी अनुमोदन गरेको हो।
अध्यक्ष लामाले विश्व किर्तिमान शम्भु तामाङको सम्झनामा स्मृति पार्क तथा शालिक निर्माण गर्ने सोच आफुमा रहेकोले आज यो विषय उठाएको बताए ।
शालिक तथा स्मृति पार्क निर्माणका लागि उपयुक्त ठाउँ छनौट गर्न अध्यक्ष लामाले सम्बन्धित सबैलाई आह्वान समेत गरेका छन् ।
कान्छो सगरमाथा आरोही शम्भु तामाङ क्यान्सरका कारण गएको असार २३ गते निधन भएको थियो ।