सिन्धुपाल्चोक ।
२०७१ सालमा झरेको सिन्धुपाल्चोकको जुरे पहिरो प्रभावितको नाममा जम्मा भएको रकम फुकुवा भएको छ । मन्त्रीपरिषद्को आइतबारको वैठकले सो रकम फुकुवा गर्ने निर्णय गरेको हो ।
जुरे पहिरोपीडित समुदायका लागि जनस्तरबाट संकलित रकम फुकुवा गर्न स्वीकृत दिने आजको मन्त्रीपरिषद बेैठकले निर्णय गरेको हो ।
सो पहिरो प्रभावितको लागि जनस्तरबाट २ करोड २४ लाख रुपैया नगद संकलन भएको थियो ।
सो रकम त्यतिबेलै देखि तत्कालीन जिल्ला दैवीप्रकोप उद्दार समितिको कोषमा थन्किएर बसेको थियो ।
साथै आजकै बैठकले मेलम्ची खानेपानी आयोजनाको सुरुङ परिक्षण गर्ने क्रममा दुर्घटनामा परि दिवंगत भएका इञ्जिनियर सतिस कुमार गोइत र सवारी चालक राधाकृष्ण थापा मगरको परिवारलाई क्षतिपूर्ती स्वरुप ५र५ लाख दरले आर्थिक सहयोग उपलव्ध गराउने समेत निर्णय गरेको छ ।