चौतारा ।
कुटपिट र मुद्दामा २ वर्ष सजाँय सुनाईएका चौतारा साँगाचोकगढी नगरपालिका– १ का गेदबहादुर कार्की १६ वर्षपछि प्रकाउ परेका छन् ।
सजाँय भुक्तान नगरी फरार रहेका उनलाई शनिबार भक्तपुर नगरपालिका वडा नं.१ सल्लाघारीबाट प्रहरीले पक्राउ गरेको हो ।
कार्कीलाई सिन्धुपाल्चोक जिल्ला अदालतको २०६३ मंसिर २६ गतेको फैसलाले कैद २ वर्ष सजाँय तोकेको थियो ।
पक्राउ परेका कार्कीलाई आईतबार सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरिएकोमा अदालतले लागेको कैद सजाँय असुलका लागि जिल्ला कारागार चौतारा पठाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।