चौतारा, भाद्र ८ ।
सिकाई केन्द्र हरियाली बनाउन लायन्स क्लब अफ काठमाडौं चौतारा सिटीले वृक्षारोपण गरेका छ ।
वातावरण संरक्षणका निम्ति हरियालीको आवश्यकता रहेको बताउँदै क्लवले चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ७ स्थित मेलचौरको मालिकादेवि सामुदायिक सिकाई केन्द्रको भवन अगाडिको खाली स्थानमा वृक्षारोपण गरेको हो ।
विक्षारोपण कार्यक्रमका प्रमुुख अतिथि चौतारा सांगाचोकगढी वडा नं ७ का वडा अध्यक्ष डम्बर वहादुर तामाङले आफै पैसा संकलन गरी समाज विकासमा लाग्ने लायन्सले समाज विकासमा महत्वपुर्ण भुमिका खेलेको बताउँदै वृक्षारोपण संगै विरुवा संरक्षणमा समेत लाग्न आग्रह गरेका छन् । विरुवा रोप्नु भन्दापनि संरक्षणको विषय जटिल र संवेदनशिल रहेको समेत उनले बताए ।
यस्तै कार्यक्रममा भु तथा जलाधार संरक्षरण कार्यालयका प्रमुख दिवाकर मास्केले अहिलेको युगमा कार्बन डाईअक्साईड र एसीड अत्याधिक रहेको हुनाले वातावरण सन्तुलनका लााग अक्सिजनको मात्रा घटेका कारण वृक्षारोपण गर्न अनिवार्य रहेको बताए ।
लायन्स क्लब अफ काठमाडौं चौतारा सिटीका अध्यक्ष मिना थापाले जिल्ला वन कार्यालयले उपलग्ध गराएको धुपी, कपुर, तेजपत्ता, कल्कि फुल, निम लगायतका बोटविरुवा रापीएको बताईन् । विक्षारोपण गरिएका विरुवा संरक्षणका लागि आफुहरुको जिम्मेवारी रहेको र सो को लागि लागिपर्ने मालिकादेवि सामुदायिक भवनका अध्यक्ष यज्ञ प्रसाद दंगालले बताए ।
विभिन्न सामजिक कार्यमा अग्रसर रहेकोे सामाजिक संस्था लायन्स क्लव अफ काठमाडौ चौतारा सिटिले गत साता मात्रै चौतारा अस्पतालमा रहेका विरामीहरुको लागि फलफुल तथा पोषिलो खाद्यन्न वितरण गरेको थियो ।
कार्यक्रमका तस्बिरहरु