चौतारा, असोज २४ ।
नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले यस पटक युवा नेतालाई चुनावी मैदानमा उतारेको छ ।
चिया पसल ,चोक अनि चौतारीमा चुनावी बहसमा अहिले यिनै तीन ‘स’ माधव सापकोटा सुबोध, सरल सहयात्री पौडेल र युवराज दुलाल शरदको चर्चा बढी नै हुने गरेको छ ।
उनिहरु तिनै जना राजनीतिमा समकालिन युवा नेताका रुपमा परिचित छन् । अहिले एकै पटक संसदमा प्रतिनिधित्व गर्ने अवसरका लागि तिनै जना ‘स’ चुनावी मैदानमा होमिएका छन् । यस अघि २०७० सालमा भएको संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट उमेदवार भएर सरल सहयात्री पौडेल तेस्रो भएका थिए । २०७४ को निर्वाचनमा प्रतिनिधि सभामा अग्नि सापकोटाको उमेदवारी र वाम गठबन्धनका कारण प्रदेशमा उमेदवार हुनबाट वञ्चित भएका थिए ।
सरल जस्तै माधव सापकोटा सुवोधलाई पनि वाम गठबन्धनको तालमेलका कारण २०७४ को निर्वाचनमा उमेदवार हुनबाट ब्रेक लाग्यो ।सुबोध मतदाताका लागि नयाँ अनुहार हुन् । यसअघि प्रतिनिधिसभा क्षेत्र नं २ क बाट प्रदेशसभामा निर्वाचित भइसकेका अर्का युवा नेता युवराज दुलाल सरद भने २०७४ मा प्रतिनिधिसभा २ को क मा बिजयी भई वागमती प्रदेश सरकारमा मन्त्री समेत भए ।
नेता गतिलो नभएकै कारण देशको यो दुर्गति भयो भन्ने जनता शरदको कामले नेता भनेको यस्तो पो हुनुपर्छ भन्दै चिया पसलदेखि घरघरमा प्रशंसा गर्न थालेका छन् । जुुन जोगी आए पनि कानै चिरेको’ भन्ने लोकयुक्ति विपरीत विकासको लहर र स्पष्ट भिजनका कारण उनलाई अहिले धेरै मतदाताले विकासको बाकस उपनाम दिने गरेका छन् । सक्षम, इमान्दार र दूरदृष्टि नेताको आकृतीे दुलालको मुहारमा प्रष्ट देखिएको मतदाता बताउँछन् ।
वाग्मती प्रदेशको सामाजिक विकासमन्त्री हुँदा सिन्धुपाल्चोकको विकासमा सबैभन्दा बढी बजेट ल्याएर पूर्वमन्त्री युवराज दुलालले गाउँ शहरमा जनजनको मन जितेका छन् ।
प्रतिनिधिसभा २ को क मा मात्रै होइन, ख मा पनि त्यस्तै काम गरेकोले धेरैले सिन्धुपाल्चोक २ नं. प्रतिनिधिसभा सदस्यमा आफ्ना विकासे नेता उनलाई मत दिन पाउनेमा आशावादी थिए ।
मेलम्ची बाढीको समयको उद्धारा र राहातमा अहोरात्र खटाई , गाउँवस्तीका घरघर पुगेर विकासको वस्तुस्थिति बुझ्ने शैलीले दुलाल जत्तिको नेतालाई त भोट दिनैपर्छ भन्ने मनोविज्ञान आम मतदाताले बनाए ।