मेलम्ची ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी मंसिर ४ को निर्वाचनलाई सीमित राजनीतिक दलको चक्रब्युबाट देशलाई मुक्त गराउने अवसरको रुपमा लिनुपर्ने बताएका छन्।
सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित राप्रपाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश र जनताका भविष्य बनाउने भएकाले मंसिर ४ को निर्वाचनलाई गम्भिर रुपमा लिन आग्रह गरेका छन्।
उनले नेपाल अरेबियन हरुको नोकर उत्पादन गर्ने थलो बनेको टिप्पणी गर्दै तीन दशकदेखि बहुदलीय व्यवस्था आएपछि ठुला भनिएका पार्टी र नेताहरुको बन्दकमा देश परेको आरोप लगाएका छन् ।
तीन दशक अर्थात् एउटा युग कांग्रेस र कम्युनिष्टले खेर फालेको आरोप लगाउँदै सिन्धुपाल्चोकमा पशुपतिशम्शेर राणाले गरेकोे विकासको स्मरण गरेका थिए ।
सोही चुनावी सभालाई सम्बोधन गर्दे राप्रपाका पुर्व अध्यक्ष पशुपति शमशेर राणाले सिन्धुपाल्चोक, झापा मात्र नभई छोरा राजेन्द्र लिङदेन संगै संसदमा पुगेर सुनौलो देश निर्माणको लागि खबरदारी गर्ने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको बृहत चुनावी सभामा सिन्धुपाल्चोकका हजारौँ नेता कार्यकताहरु सहभागि भएका थिए ।