२८ कार्तिक, बलेफी ।
सरेश नेपालका दाहिने हात भएर काम गरिरहेका एमाले नेता रामहरि नेपाल माओवादीमा आवद्ध भएका छन् ।
अधिवक्ता एवं एमालेको बागमती प्रदेश अन्तरगतको निर्वाचन विभागका सदस्य रहेका रामहरिले जिल्लाको एमाले निर्वाचन सम्बन्धि सबै काम हेर्दै आएका थिए । मंसिर ४ मा हुने निर्वाचनको तयारीका लागि सरशेसँग सबैभन्दा नजिक रहेर काम गरेका उनी एमालेप्रति असन्तुष्टि पोख्दै माओवादीमा आवद्ध भएका हुन् ।
रामहरिसँगै बलेफी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष उम्मेदवारका प्रत्यासी साधुराम नेपाल पनि माओवादीमा आवद्ध भए । उनी एमाले बलेफी गाउँपालिका कमिटिका पूर्व सचिव समेत हुन् ।
जिल्लाभर राम्रो प्रभाव जमाएका युवा अधिवक्ता रामहरि र बलेफी गाउँपालिकामा एमाले हस्ति साधुराम माओवादीमा प्रवेश गरेपछि एमाले वृत्तमा खैलाबैला मच्चिएको छ ।
दुबै नेताहरुलाई लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा सुबोध र नेता केशब नेपालले स्वागत गर्नु भयो ।