चौतारा ।
निर्वाचनको पुर्वसन्ध्यामा नेकपा एमाले पार्टी परित्याग गरी २४ जना युवा नेता तथा कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र) पार्टीमा प्रवेश गरेका छन् ।
लिसंखुपाखर गाँउपपालिका वडा नं. ६ का २४ जना युवाहरु नेकपा एमाले परित्याग गरी माओवादीमा प्रवेश गरेका हुन् ।
एमाले पार्टीले पछिल्लो समयमा जनताको पक्षमा नभएर आफ्नो स्वार्थका लागि लागि परेको भन्दै पालिका कमिटि सदस्य तथा युवा सहइन्चार्ज अनिल कुमार लामाको नेतृत्वमा २४ जना युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई सिन्धुपाल्चोक क्षेत्र नं. १ का लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेद्वार माधव सापकोटा सुबोधले खादा र माला लगाएर स्वागत गर्नुभएको हो ।