चौतारा ।
सिन्धुपाल्चोक क्षेत्र नं १ (१) मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फको साझा उमेद्वार मसिना खडका भण्डारी निर्वाचित हुनुभएको छ ।
उहाँले नेकपा एमालेका उम्मेदवार युद्धविक्रम लामालाई पराजित गर्नुभएको हो ।
निर्वाचन अधिकृत रुद्र सुवेदीका अनुसार खड्काले १४ हजार छ सय ५२ मत ल्याउनुभएको छ ।
भने उहाँका निकटतम प्रतिस्पर्धी युद्धविक्रम लामाले १३ हजार ४९० मत प्राप्त गर्नुभयो ।
निर्वाचित भण्डारी नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएको थियो ।