चौतारा ।
जिल्ला सदरमुकाम चौतारामा जलवायु कार्य क्लिनिकको शुभारम्भ गरिएको छ ।
शुक्रबार चौतारा सांगाचोकगढी नगरपालिकाका विपद व्यवस्थापन शाखा तथा कृषि शाखा प्रमुख चिरञ्जिवि कट्टेलले शुभारम्भ गरेको क्लिनिक प्रज्ञा सोलुसन्सको सहयोगमा जनहित ग्रामिण सेवा समितिको साझेदारीतामा स्थापना गरिएको हो ।
क्लिनिक शुभारम्भ गर्दै कट्टेलले जलवायु अनुकुलन योजना निर्माण र विपद व्यवस्थपन लाइ प्राथामिकता राखी विकास निर्माणका कार्य गरिने र जलवायु अनुकुलका क्षेत्रमा कार्य गरेकोमा संस्थालाइ धन्यवाद दिंदै नगरपालिकाले पनि यस्ता कार्यमा साझेदारीता गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रमको अध्यक्षता जनहितका अध्यक्ष भरत सापकोटाले गरेका थिए । कार्यक्रममा प्रज्ञा सोलुसनका प्रतिनिधि अनिल मानन्धरले क्लिनिक वाट जलवायु अनुकुलन सम्वन्धी जानकारी, माटो जांच, विपद व्वयवस्थापन सम्वन्धी जानाकारी प्रदान गरिने जानाकारी दिए ।
कार्यक्रममा जनहितका कार्यकारी निर्देशक राजेन्द्र शर्माले कार्यक्रमको उद्धेश्यको वारेमा जानाकारी दिएका थिए ।
जनहितले २०७२ को भुकम्प पश्चात प्रज्ञाको साझेदारीमा जिल्लामा विभिन्न क्रियाकलाप सञ्चालन गरिराखेको छ ।