चौतारा ।
श्री महाकाली बहुउद्देश्यीय बचत तथा ऋिण सहकारी संस्था लिमिटेड चौताराले आफ्नो २७ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
उक्त सहकारीको साधारणसभाको उद्घाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले सहकारीलाई आफ्ना सदस्यहरुको जनजिवनमा परिवर्तन हुने खालका योजना बनाएर अगाडी बढन आग्रह गर्नुभएको छ ।
नगरवासीको हितका लागि हुने कार्यक्रम बनाएर नगरपालिकासँग सहकार्य गर्न आए नगरपालिकाले सकेको सहयोग गर्न कुनै कसुर नराख्ने समेत नगरप्रमुख सापकोटाले बताउनुभयो ।
साधारणसभामा संस्थाका सचिब खिलबहादुर श्रेष्ठ र कोषध्यक्ष सुशिल प्रसाद कक्षपतिले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन समेतन पास भएको छ ।
जिल्लाकै पहिलो सहकारीको रुपमा स्थापित रहेको उक्त सहकारी सिन्धुपाल्चोक जिल्लाको सदरमुकामलाई केन्द्र बिन्दु बनाएर ४ वटा वडामा सेवा प्रदान गरिरहेकको छ ।