चौतारा ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ७, सानोसिरुवारीको भदौरे गणेश सामाजिक संस्थाको अध्यक्षमा विनोदकुमार श्रेष्ठ निर्वाचित भएका छन् । संस्थाको आज सम्पन्न छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्ष , सचिव , सहसचिव र कोषाध्यक्षमा क्रमशः नारायण नेपाल, विजय नेपाल, यसोदा धिताल र गौरव श्रेष्ठ निर्वाचित भएको संस्थाको निवर्तमान अध्यक्ष रविन गौतमले बताए । सदस्यहरुमा भने सुनिल श्रेष्ठ , दिपक घिमिरे , उद्वव पराजुली , गरिमा दंगाल, मधुरा श्रेष्ठ र रविराज धिताल चयन भए ।
संस्थाले २०७५ सालमा बागमती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन गरेको थियो । उक्त प्रतियोगिता हालसम्मकै सिन्धुपाल्चोक जिल्लाकै ठुलो धनराशि पुरस्कार भएको प्रतियोगिता हो भने सहभागीताको आधारमा समेत जिल्ला कै हालसम्मको सबैभन्दा ठुलो भलिबल प्रतियोगिता हो ।
‘संस्थाले आगामी दिनमा सामाजिक कार्यमा अझ धेरै क्रियाशील भएर अगाडि बढ्नेछ’ नवनिर्वाचित अध्यक्ष श्रेष्ठले भने ।