नयाँ अभियान, चौतारा ।
अवैद्य सिसौको काठ सहित इन्द्रावती गाँउपालिका वडा नं. १२ का ४ जना पक्राउ परेका छन् ।
प्रकाउ पर्नेमा पार्वती दनुवार, ठुली माया दनुवार, सानुकान्छी दनुवार र कान्छामान दनुवार रहेकाजिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोेकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव कुमार बुढाथोकीले जानकारी दिए ।
ईन्द्रावति गाँउपालिका वडा नं. १२ भेडिचौर चालेचार्पा स्थितमा सिसौ जातको काठ अवैद्य रुपमा ओसारपसार भई रहेको भन्ने विशेष सूचना प्राप्त भएपछि प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले विभिन्न साईजका सिसौ जातको काठ सहित उनिहरुलाई प्रकाउ गरेको बुढाथोकीले जानकारी दिए ।
सोही स्थानबाट सिसौको काठ ३० थान सहित काठ लोड भइरहेको ना ६ त ३३३० नम्बरको ट्याक्टर समेतलाई नियन्त्रणमा लिइएको उनले बताए ।
प्रकाउ परेका सबैलाई आवश्यक कानूनी कार्वाहीको लागि डिभिजन वन कार्यालय चौतारामा बुझाईएको छ ।