चौतारा ।
हिराहरि तेक्वान्दो डोजाङ चौतारामा सिनियर तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ सम्पन्न भएको छ ।
नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले रातो, कालो पेटि र प्रथम डान कालो पेटीको ग्रेडिङ गरेको छ । रातो पेटीबाट रातो कालो पेटीमा सोफिया श्रेष्ठ उतिर्ण भएको छ भने रातो कालो पेतिबाट प्रथम डान कालो पेटीमा बिजय तामाङ, निशान ढुङ्गाना, मनिष सापकोटा , राजन दुलाल, अबिनाश कार्की र अनमोल कार्की उतिर्ण हुन सफल भएका छन्।
चौतारा साँगाचोकगढी नगरपालिका ५ कार्यलयका सदस्य तथा समाजसेवी श्री रामबहादुर घलेको प्रमुख अतिथिमा सम्पन्न भएको ग्रेडिङ कार्यक्रममा हिराहरी तेक्वान्दो डोजाङ्गका संस्थापक तथा डोजाङ प्रमुख रमेश गुरुङ परिक्षा लिएका थिए भने सिनियर तेक्वान्दो खेलाडी अन्जन पुरी्ले सहयोग गरेका थिए ।
गुरुङ गुरु जस्तो सक्षम प्रशिक्षक पाएकोमा खेलाडीहरुले राम्रोसंग प्रशिक्षण गरि फाइदा उठाउन, ५ न.वडा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि घलेले सल्लाह दिनुका साथै प्रशिक्षार्थीहरुलाई उतिर्णको लागि शुभकामना दिए । घलेलेनै साथै अरु भन्दा राम्रो हुन बढी अभ्यासमा जोड दिनुपर्ने बताए ।