चौतारा ।
प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकले शहीद सप्ताहकाे सुरुकाे दिनमा साहित्यकार एवं पत्रकार कञ्चन प्रियदर्शिलाई सम्झना गरेकाे छ ।
१० बर्षे शसस्त्र जनयुद्धको क्रममा शहादत प्राप्त गर्ने शहीदहरुकाे सम्झनामा फागुन १४ देखी २१ गते सम्म सप्ताहव्यापी रुपमा शहीद दिवश मनाउने गरेकाे छ ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष एवं सेन्टरकाे सल्लाहकार जीवन श्रेष्ठ र सल्लाह सुरेश कसजु लगायत प्रेस सेन्टर सिन्धुपाल्चोककाे पत्रकारहरुले ईश्वरकृष्ण बुढाथोकी `कञ्चन´ काे तस्बिरमा पुष्पगुच्छा र मैनबत्ती वालेर श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
कञ्चनकाे २०५९ बैशाख १६ गते बलेफी गाउँपालिका १ साँउबाेटेमा तत्कालीन शाही नेपाली सेनाद्वारा गाेली हानी हत्या गरिएको थियाे ।
उनले २०५१ सालमा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोककाे सचिव र २०५३ सालमा उपसभापतिकाे जिम्मेवार बहन गरेका थिए । कञ्चन प्रगतिशील साहित्यकार पनि थिए ।
जनयुद्धको पहिलाे शहीद दिल बहादुर रम्तेललाई ११ बर्षकाे उमेरमा सेनाले नै हत्या गरेकाे थियाे ।