चौतारा ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी यूनियन (क्रान्तिकारी) ले गत चैत ५ गते सम्पन्न स्वतन्त्र विध्यार्थी युनियनको चुनावमा निर्वाचित विध्यार्थीलाई सम्मान गरेको छ ।
संगठनले जिल्ला समन्वय समितिको बैठकको अवसर पारेरआफ्नो संगठनको तर्फबाट उम्मेद्वार बनेर विजयी हासिल गरेका ४ जना स्ववियु सभापति सहित पदाधिकारी र सदस्यहरुलाई सम्मान गरेको हो ।
निर्वाचित स्ववियु पदाधिकारी तथा सदस्यहरुलाई सम्मान कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट निर्वाचित संघिय सांसद माधव सापकोटाले जिल्लामा पहिलो संगठन बनेको यस गर्विलो क्षणमा यो साखलाई जोगाएर राख्न सम्पुर्ण स्ववियु निर्वाचित सदस्यहरुलाई अनुरोध गर्नुभयो ।
अरु संगठनले जितेका क्याम्पसहरुमा भन्दा भिन्न ढंगले विध्यार्थिका समस्यामा मलम लगाउन अखिल (क्रान्तिकारी) अग्र स्थानमा रहोस उहाँले शुभकामना दिनुभयो ।
बैठकले स्ववियुसँग समन्वय गरेर कार्यक्रमहरु तय गर्नको लागि उपाध्यक्ष प्रविण चौलागाईको संयोजकत्वमा ३ सदस्यीय स्ववियु समन्वय समिति समेत गठन गरेको छ ।
स्ववियु निर्वाचनमा जिल्ला प्रथम भएको संगठको तर्फबाट जिल्लाका ४ क्याम्पसमा सभापति सहित २२ जना पदाधिकारी र २३ जना सदस्य निर्वाचित भएका छन् । जिल्लामा रहेका १२ क्याम्पसहरुमा १० वटा क्याम्पसमा मात्रै स्ववियु निर्वाचन भएको थियो ।
जिल्ला अध्यक्ष क्षितिज तामाङको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठक तथा सम्मान कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सदस्य द्वय प्रताप तामाङ र उजार सिं तामाङ, जिल्ला सदस्य ददिराम पराजुली लगायतको सहभागीता रहेको थियो ।