चौतारा ।
जनमत वाङमय प्रतिष्ठानको ३९ औं बार्षिकोत्सवको अवसरमा पत्रकार तथा साहित्यकार सुरेश कसजू “जनमत जनक प्रधान सेवा सम्मान ” बाट कसजू सम्मानित हुनु भएको छ ।
जनमत वाङ्मय प्रतिष्ठान, नेपालको आयोजनामा शनिबार बनेपामा भएको कार्यक्रममा कसजुलाई साहित्यकारर प्राध्यापक अभि सुवेदीले दोसल्ला ओढाएर सम्मान गर्नु भयो ।
२०२९ सालामा सिन्धुपाल्चोक, चौतारामा जन्मनु भएका कसजू ४० को दसकबाट साहित्य र पत्रकारितामा प्रवेश गर्नु भएको हो । उहाँले जुगल साहित्य मासिक, विप्लव मासिक लगायत पत्रपत्रिकामा सम्पादकको भूमिका निर्वाह गर्नु भएको थियो । दुस्खी प्रकाशनमार्फत सर्जकहरुको साहित्यिक कृति प्रकाशन, नव सर्जकहरुका लागि प्रोत्साहन र संरक्षणको भूमिकामा कसजू लामो समयदेखि समर्पित हुनुहुन्छ ।
गोरखापत्र संस्थानका पूर्व बोर्ड सदस्य कसजको सम्पादकत्वमा हाल सिन्धु सन्देश साप्ताहिक, सर्वपक्ष दैनिक, जुगल खबर अनलाईन सञ्चालन तथा प्रकाशन हुँदै आएको छ ।