चौतारा, बैशाख ४ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ कुविण्डेको जनजाती सञ्जालको अध्यक्षमा जय बहादुर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
सोमबार वडा अध्यक्ष कुमार शर्माको अध्यक्षतामा सम्पन्न वडा स्तरीय भेलाले सञ्जालको अध्यक्षमा श्रेष्ठ सहित उपाध्यक्षमा होमादेवी श्रेष्ठ, सचिव दिलिप तामाङ, सहसचिवमा राजु श्रेष्ठ, कोषध्यक्षमा विमला श्रेष्ठ सहित १३ सदस्यीय समिति निर्वाचित गरेको हो ।
निर्वाचित टिमलाई खादा माला लगाएर बधाई दिदैँ वडाध्यक्ष कुमार शर्माले वडाले सकेको सहयोग गर्न सधै तत्पर रहेको विश्वास समेत दिलाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तामाङ घेदुङका सल्लाहाकार उजारसीं तामाङले जनजातीहरु एक भएर आफ्नो हक र अधिकारको लागि अग्रसर भएर लाग्नुपर्ने बताए । हाम्रो रितिरिवाज, संस्कार, पहिरन र भेषभुषाको जगेर्ना गर्ने जिम्मा हामीले लिनुपर्छ पछिल्लो समयमा लोप हुदै गरेको संस्कृतीको जगेर्ना गर्ने जिम्मा अब हामीले लिनुपर्छ, उनले भने ।
यस्तै कार्यक्रममा नगर स्तरीय जनजाती सञ्जालका अध्यक्ष मिलन लामाले जनजातीहरु पछाडी परिरहेको संदर्भमा अब नेतृत्व विकास गरेर अगाडी बढनुपर्ने कुरामा जोड दिए ।
यस्तै वडाका वडा सदस्य तथा जनजातीका अगुवा विरबहादुर तामाङले जनजातीहरुले आफ्नो पहिचान संरक्षण गर्दै आफ्ना समुदायको लागी स्थानीय सरकारसँग सहकार्य गरेर आयआर्जनकासंग सम्बन्धित कार्यक्रमहरु गर्न जरुरत रहेको स्मरण गराए ।