बैशाख ४ ।
बागमती प्रदेश सभा सदस्य अमृता नेपालले आईतवार एक कार्यक्रमका बिच बलेफी गाउँपालिका वडा नम्बर ६ मांखा जालबारीमा प्रसुती सेवा केन्द्रकाे उद्घाटन गरेकी छिन् ।
कार्यक्रममा सांसद नेपालले महिलाहरुकाे प्रजनन क्षमता र स्वास्थ्यमा गाउँपालिकाले चालेकाे कदम अनुशरणीय र अौचित्यपूर्ण रहेकाे बताएकी छिन् ।
उनले स्थानीय रुपमै सेवा लिन पाउने अवसर दिलाउन आफु र आफुसम्वद्द पार्टी सदैव लागिपरेकोले सम्भव भएकाे जिकिर गरिन् ।
यस्तै कार्यक्रममा बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले स्थानीयलाई गाउँघरमै सेवाप्रवाह गर्ने प्रतिबद्धता अनुरुप कार्यक्रम अगाडि बढाईएकाे जानकारी गराए ।
गाउँपालिकाले आधारभुत स्वास्थ्य केन्द्र जालबारीमा प्रसुती सेवा केन्द्रको उद्घाटन गर्दै सेवा बिस्तार गरेको हाे । गाउँपालिकाले मांखा ,ब्वासे,बर्दपा र जालबारी आसपास क्षेत्रमा घरमै सुत्केरी हुने दरलाई कम गराउने उदेश्यका साथ बलेफी गाउकार्यपालिका बैठकले प्रसुती केन्द्रको सेवा सुचारू गर्ने निर्णय गरेको थियाे । उक्त निर्णय कार्यान्वयनमा ल्याउन गाउँपालिका सफल भएकाे छ ।