चौतारा ।
सिन्धुपाल्चोक जिल्लामा ४ महिनामा ४० जनाले आत्माहत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको तथ्यांक अनुसार पौष २२ गते देखी हालसम्म ४० जनाले आत्माहत्या गरेका हुन् । आत्माहत्या गर्नेमा ४० जनामा २० जना पुरुष, १५ जना महिला, २ जना बालक र ३ जना बालिका रहेको प्रहरी उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिए ।
पछिल्लो समय आत्माहत्याको वृद्धीदर उच्च हुनु पारिवारिक विचलन नै प्रमुख कारण रहेको समेत राणले बताए । आत्माहत्या गर्नेहरुमा ५० वर्ष नागेका र दिर्घरोगीको संख्या उल्लेख्य रहेको समेत उनले जानकारी दिए ।
नयाँ प्रहरी उपरीक्षक बाल नरसिंह राणा कार्यालयमा हाजिर भएदेखीको प्रकाशित प्रगती प्रतिवेदन अनुसार जिल्ला जिल्लामा घटेका ९८ घटनाहरु मध्ये ४० घटनाहरु आत्माहत्याको रहेको छ ।
प्रहरी कार्यालय मार्फत पौष २२ पछि दर्ता भएका ९८ वटा मुद्धाहरुमा हालसम्म ४८ वटा मुद्धा फर्छौट भएको र ५० वटा बाँकी रहेको समेत उल्लेख गरिएको छ ।
नयाँ प्रहरी उपरीक्षकको रुपमा राणा आएसँगै जिल्लामा अपराधिक घटनाहरुमा न्युनिकरण आउनुका साथै बर्षै देखी फरार अपराधिहरु समेत प्रकाउ परेका छन् ।