चौतारा ।
चौतारा सागाँचोकगढी नगरपालिकाले आर्थिक बर्ष २०८०।८१ को लागि १ अर्ब २४ करोड ५२ लाखको बजेट सार्वजनिक गरेको छ ।
शुक्रबार भएको नगरसभामा नगर उपप्रमुख सिता थापाले प्रस्तुत गरेको बजेत नीति तथा कार्यक्रममा कृषि तथा पशुन्छी विकास ,रोजगार ,स्वास्थ्य,शिक्षा ,पर्यटन , भौतिक पूर्वाधारलाई नीति तथा कार्यक्रमको विशेष प्राथमिकतामा राखिएको छ ।
कृषि क्षेत्रका लागी ३ करोड ५० लाख बजेट विनियोजन गरेको छ भने पशु विकास सेवाका लागी १ करोड ५० लाख र रोजगार सिर्जनाका लागी १ करोड ५० लाख बजेट विनियोजन गरीएको छ ।
यस्तै स्वास्थ्य तर्फ ३ करोड विनियोजन गरीएको छ । त्यस्तै गरी शिक्षा युवा तथा खेलकुद तर्फ ४ करोड ७० लाख रकम विनियोजन गरीएको छ । नगर गौरवका योजनाका लागी १ करोड विनियोजन गरीएको छ ।
पुर्वाधार तर्फ सिंचाई खानेपानी तथा सरसफाई समेतलाई गरी ८ करोड बजेट बिनियोजन गरीएको नगरपालिकाले जनाएको छ । बिभिन्न वडा कार्यलय भवन निमार्ण तथा भवन मर्मतका लागी १ करोड ५० लाख बजेट विनियोजन यरीएको छ । लक्षित वर्गका लागी १ करोड ७० लाख बजेट विनियोजन गरीएको छ ।
नगर प्रमुख कृष्णप्रसाद सापकोटाको अध्यक्षता सपन्न नरगसभाले आगामी बैठक आउँदो असार २८ गते बस्ने गरी स्थगीत भएको छ ।