चौतारा ।
सिन्धुपाल्चोक जिल्लामा नै पहिलोपटक टेबुल टेनिस संघ गठन भएको छ ।
शुक्रबार सदरमुकाम चौतारामा भएको एक भेलाले मिलन लामाको अध्यक्षतामा टेबुल टेनिस संघ गठन गरेको हो । संघको उपाध्यक्षमा प्रविण खड्का, सचिवमा कमलप्रसाद श्रेष्ठ र कोषाध्यक्षमा दीपेन्द्र घले चयन भएका हुन । संघको सदस्यहरुमा विकास काफ्ले, जिगिषा श्रेष्ठ र पुकार उप्रेती चयन भएका छन् ।
खेलको विकास र विस्तारसँगै जिल्ला, राष्ट्रिय र अन्तराष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने हेतुले संघ गठन गरिएको अध्यक्ष लामाले बताए ।
संघको पहिलो बैठकले जिल्ला स्तरीय एकल, संयुक्त भेट्रान प्रतियोगिता गर्ने निर्णय गरेको छ ।