चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ अन्तर्गतको नौबिसे देखी चौतारा सम्मको मोटरबाटोको कालोपत्रे चैत्र मसान्त सम्म सम्पन्न हुने भएको छ ।
आज संघिय सांसद माननिय माधब सापकोटा ‛सुबोध’को प्रमुख उपस्थितिमा वडा कार्यालयमा भएको त्रिपक्षिय छलफलले चैत्र समान्तसम्ममा उक्त सडकको निर्माण कार्य सम्पन्न गर्ने निर्णय भएको हो ।
२०७९ साल असार १७ गते निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको मोतिदान कन्स्ट्रक्सन सेवा प्रा.ली.ले कार्य सम्पन्न गर्नुपर्ने मितिभन्दा १८ महिना बितिसक्दा समेत ५० प्रतिशत काम सम्पन्न नगरेपछि सांसद सापकोटाले चासो देखाउनुभएको थियो ।
आज वडा कार्यालयमा माननिय सापकोटा, पुर्वाधार विकास कार्यालयका प्रमुख भरत कुमार यादव, वडाअध्यक्ष कुमार शर्मा, निर्माण कम्पनीका प्रतिनिधि, वडाका सारोकारवाला सहितको बैठकमा उक्त सहमती भएको हो ।
उक्त सडक कालोपत्रेको लागि उक्त प्रा.लि.ले २०६८ साल असार १७ गते ७ करोड ६ लाख ६८ हजार ८ सय ६८ रुपैँयामा २०७९ असार १७ गते सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो ।