गुम्बा, सिन्धुपाल्चोक।
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकास्थित बिकट गुम्बा गाउँमा विद्युतीकरण सुरु भएको छ ।
प्रतिनिधि सभा क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता माधव सापकोटा सुबोधले मंगलबार विद्युतीकरण उद्घाटन गरेका हुन् ।
सांसद सापकोटाले गुम्बा गाउँमा आयोजित कार्यक्रममा विजुली बालेर कार्यक्रम सुभारम्भ गरे ।
गत बर्ष सुरु विद्युतीकरण कार्यक्रममार्फत जुगलका लेकाली गाउँहरु अम्बाखर्क, क्याङसिङ र गुम्बा गरी तीन गाउँमा बिजुली बलेको हो ।
माथिल्लो भेगका गाउँहरु तेम्बाथान, दीपु र तेगामा विद्युतीकरणका लागि प्रसारण लाईन निर्माणको काम भइरहेको छ ।
यहि रफ्तारमा काम हुँदा आगामी बैशाखसम्म बाँकी तीनवटै गाउँमा बत्ति बल्ने गाउँपालिका अध्यक्ष स्याङबोले बताए ।