चौतारा ।
मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम चौतारास्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा सुरु भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले आफ्नो स्वास्थ्य परीक्षण गर्दै उद्घाटन गरिएको कार्यक्रम मङ्गलबारबाट सुरु भएको हो ।
जनता स्वास्थ्य कार्यक्रम हरेक हप्ताको मंगलबार बिहान ८ बजेबाट १० बजेसम्म सञ्चालन हुने केन्द्रकी प्रमुख एवं डाक्टर अन्जु कार्कीले बताउनुभयो ।
मुटु तथा रक्तनली, दम मधुमेह, क्यान्सर र सोबाट हुने मृत्युदर घटाउने उद्देश्यले सञ्चालित मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम आगामी असार मसान्तसम्म सञ्चालन हुने आयुर्वेद स्वास्थ केन्द्र चौताराले जनाएको छ ।
नसर्ने रोगहरुको समयमा नै पहिचान गरी उचित परामर्श, स्वस्थ व्यवहार, परीक्षण, निदान र उपचार गरी नसर्ने रोग जटिल हुन नदिनका लागि ३० वर्ष माथिका उमेर समूहलाई आर्थिक सहायता तथा सहुलियतका साथ स्वास्थ्य केन्द्रले सहजीकरण र व्यवस्थापन गरिएको हो।