नयाँ अभियान,चौतारा ।
लायन्स क्लव अफ काठमाण्डौं सिन्धु चोतारा सिटी र लायन्स क्लब अफ काठमाण्डौं चौतारा सिटीले दुई विद्यालयलाई टेलिभिजन उपलव्ध गराएको छ ।
इसिडी कक्षाको शिक्षण प्रकृया प्रभाकारी होस भन्ने उदेश्य ती दुई क्लबको पहलमा चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ को बाल कल्याण आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश श्रेष्ठ र प्रधानाध्यापक गायत्री पालिखे एवम् वडा न ४ स्थित जनजागृति आधारभूत विद्यालयका प्रतिनिधि स्वरुपसिं तामाङलाई ४३ इञ्चको टेलिभिजन विहीबार नगरप्रमुख कृष्णप्रसाद सापकोटाले हस्तान्तरण गर्नुभएको हो ।
बलियो नेपालको सहयोगमा प्राप्त टेलिभिजनलाई प्रमुख अतिथि एवम् चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले श्रव्यदृष्यबाट पठनपाठन हुँदा बालबालिकाको सिकाई प्रकृयामा छिट्टै प्रभाव पर्ने हुँदा अहिलेको पठनपाठन प्रविधिमूलक हुनुपर्ने बताउनुभयो ।
बलियो नेपालका सिइओ डा. अतुल उपाध्यायले २०७२ साल बैशाख १२ गतेको महाभूक्प लगत्तै आफू सिन्धुपाल्चोक आई राहत र विकासको कार्यमा सहयोग गरेको स्मरण गर्दै पुन नगरपालिकासँग त्यस्तै विविध क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता जाहेर गर्नु भयो ।
खाद्य वैज्ञानिक संघका केन्द्रीय अध्यक्षसमेत रहेका उपाध्यायले नगरपालिकामा उत्पादन भएको खाद्य लगायतको सामाग्रीलाई विश्व बजारसम्म पु¥याउनका लागि पनि पहल गर्ने बताउनुभयो ।
लायन्स क्लबका अध्यक्ष पवन सापकोटाले स्वागत गरेको कार्यक्रममा खाद्य वैज्ञानिक संघका केन्द्रीय महासचिव प्रविन ओझा, नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष जीवन श्रेष्ठ लगायतको उपस्थिति रहेको थिए ।