सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. १३ मा जन्मिएका निश्चल सञ्जेल २०६७ साल देखि विद्यार्थी राजनीतिमा सक्रिय रहेको छन्। फटकशीला माध्यामिक विद्यालय इकाइ कमिटिको सदस्यबाट विद्यार्थी राजनितिमा होमिएका निश्चल हालै सम्पन्न अखिल क्रान्तिकारीको २० औँ जिल्ला सम्मेलनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । सङ्गठनले दिइएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने र निरन्तर सङ्गठन निर्माणमा लागिरहने अध्यक्ष निश्चलसँग विद्यार्थी राजनिति र संगठनको गतिविधिका विषयमा नयाँ अभियान डट कमले गरेको कुराकानीको संक्षिप्त अंशः
१) अखिल क्रान्तिकारी सिन्धुपाल्चोक जिल्लाको २० औँ जिल्ला सम्मेलनबाट तपाईको नेतृत्वमा जिल्ला समिति गठन भएको छ अब अखिल क्रान्तिकारीको सांगठनिक गतिविधि र अभियान कसरी अगाडी बढ्छ ?
हामिले सिन्धुपाल्चोक जिल्ला भित्र मुलतः १२ वटा पालिकाहरुमध्ये ९ वटा पालिकाहरुको सम्मेलन भव्यताका साथ सम्पन्न गर्यौ र बाँकि रहेको तीन वटा पालिकाहरुमा हाम्रा प्रारम्भिक समितिहरु निर्माण भइसकेका छन तर माघ ०६ गते हामीले जिल्ला सम्मेलन सम्पन्न गर्नु थियो उक्त समयको पावन्दीले गर्दा तीन पालिकाहरुको सम्मेलन सम्पन्न गर्न सकेनौँ । अबको यस जिल्ला समितिको प्रथम कार्य भनेको संगठनलाई पूर्णता प्रदान गर्ने हुनेछ जसको अर्थ उक्त बाँकी रहेका ३ वटा पालिकाहरूको सम्मेलन यथाशीघ्र चाडो सम्पन्न गर्ने योजना रहेको छ । संगठन सञ्चालन गर्न हामीसंग विधान छ, विधि छ एउटा सिस्टम छ जसको आधारमा रहेर हामीले हाम्रा गतिविधिहरु सञ्चालन गरी संगठनलाई गतिशीलता प्रदान गरी अगाड़ी बढाउनेछौँ ।
दोश्रो कार्य भनेको संगठनलाई पूर्णता प्रदान गर्नका लागि हामी अब छिट्टै जिल्ला समितिमा मनोनीत गर्ने, सचिवालय गठन गर्दै विधानतः कार्य विभाजन गरेर अगाड़ी बढदै मुख्यत ४ वटा प्रदेश सभा र २ वटा संघीय क्षेत्रमा संगठनात्मक समिति विस्तार गर्ने कार्य रहन्छ जुन अब हामी २० औ जिल्ला सम्मेलन पश्चातको पहिलो बैठकबाट छलफल गरी पास गरेर अगाड़ी बढ़नेछौ । अहिले राजनीतितर्फ सबैको विकर्षण पैदा भईरहेको छ यस विकर्षणलाई आकर्षणमा परिणत गर्नका लागि सर्वप्रथम राजनीतिको अर्थ, महत्व लगायत विभिन्न पक्षहरुको ज्ञान दिन आवश्यक पर्दछ त्यसो हुदा समाजको सचेत नागरिक भनेको विद्यार्थीहरु भएको हुनाले उनीहरूलाई प्रथमत १२ वटै पालिकास्तरीय प्रशिक्षणात्मक कार्यक्रम राख्ने हाम्रो तेस्रो कार्य रहनेछ जसले गर्दा त्यहा सहभागी हुने विद्यार्थीहरुले आफ्नो इकाई, गाउ र समाजमा गएर आफूले प्राप्त गरेका ज्ञानहरु बाडनुका साथै स्वयंको पनी पाठ्यपुस्तकबाहेकका ती बाह्य ज्ञानहरु प्राप्त गरी वैयक्तिक विकास गर्दछ र समाजप्रती थप उत्तरदायी बन्नेछ ।
हाम्रो संगठन सदैव विद्यार्थीहरुको हकहित र अधिकारका लागि लड़ने संगठन हो भन्ने कुरा सर्वविदितै छ यस अर्थ हाम्रा आगामी गतिविधिहरु मध्ये विद्यार्थीहरुले सार्वजनिक यातायातहरुमा ४५% छुट प्राप्त गर्ने जुन अधिकार छ हाल त्यसलाई सिन्धुपाल्चोक जिल्लाभित्र सञ्चालित विभिन्न यातायात व्यवसायी प्रा.लि.हरुले कार्यान्वयन नभएको गुनासो स्वयं विद्यार्थीहरुले गर्नुभएको हुनाले उक्त प्रा.लि., जिल्ला ट्राफिक कार्यालय र हामीबीच संवाद र सहकार्य गर्दै उक्त अधिकार कार्यान्वयनका लागि अगाड़ी बढ़नेछौ ।
त्यस पश्चात् हाम्रो पार्टीको सम्पति र हामी विद्यार्थीहरूको उर्जा भनेको शहीद तथा बेपत्ता परिवार एवं योद्वाहरु नै हुन यसर्थ ती शहीद तथा बेपत्ता योद्वाहरुको परिवारहरुसंग भेटघाट गरी उहाँहरुको सन्तानलाई निःशुल्क वा छात्रवृत्तिका पहल र प्रयत्न गर्नुका साथै पारिवारिक स्थितिलाई बुझी पार्टीलाई हुबहू रिपोर्टिंग गर्ने जसले गर्दा पार्टी र ती परिवारजनहरुबीच सम्बन्ध थप प्रगाढ बनाउन एउटा पुलको कार्य हामीले गर्ने सोच बनाएका छौ । त्यसतै गरी अहिले जिल्लाभित्र रहेका निजी विद्यालयहरुले लिने गरेको चर्को मूल्यवृद्धिहरुको गुनासो पनी आइरहेका छन् ती गुनासोहरुको सम्बोधन हुनेगरी जिल्लाभित्र रहेका निजी विद्यालयहरुका छाता संगठनहरुसंग संवाद र छलफल गर्ने लगायत विभिन्न रचनात्मक गतिविधिहरु गरेर अगाड़ी बढने तयारी रहेको छ ।
२) तपाईको संगठन अखिल क्रान्तिकारीको मुख्य शैक्षिक एजेन्डाहरु के के हुन ?
अखिल(क्रान्तिकारी) एक विद्यार्थी संगठन भएको हिसाबले यसका एजेण्डाहरु मुख्यतः शैक्षिक एजेण्डाहरु नै हुने गर्दछन् जुन निम्न छन् ः
१.समतामूलक शिक्षा
२.रोजगारी सहितको शिक्षण विधि
३.माटो सुहाउँदो समाजवाद उन्मुख शिक्षा
४.देश भक्ती पुर्ण बिधालय शिक्षा
५.संविधानत व्यवस्था भएका आधारभुत शिक्षा अनिवार्य निशुल्क र माध्यामिक तह अनिवार्य शिक्षा कार्यन्वयनमा जोड ।
६ ) रचनात्मक र सिर्जनात्मक शिक्षण मा जोड ।
८) पढ्दै कमाउदै र नैतिक शिक्षा विकासमा जोड ।
३) पछिल्लो समयमा शैक्षिक संस्थाहरुलाई राजनैतीक संगठन मुक्त्त क्षेत्र बनाउनु पर्छ भन्ने आवाज उठ्दै आएको छ यो विषयमा तपाई के भन्नु हुन्छ ?
धन्यवाद, यस गम्भीर र आजको समयसापेक्ष प्रश्नका लागि । मैले अघि पनी भनेकी विद्यार्थीहरु भनेका आजका मात्रै नभएर भविष्यका कर्णधार हुन र उनीहरूको हातमा यो देशको भविष्य अन्तर्निहित भएको हुन्छ । स्वाभाविक हिसाबले राज्यको बागडोर सम्हालने आजको विद्यार्थी भएको हुनाले उनीहरुले राजनीति सिक्नू र जान्नु त अपरिहार्य रहन्छ । विशेषतः विद्यार्थी संगठन भनेको विद्यार्थीहरुको हकहितका लागि लड़ने, उनीहरुको आवाज बोलने र प्राप्त अधिकारहरुको संरक्षण गर्दै जाने नै हो ।
अघि प्रश्नमा भन्नु भएजस्तै आम रूपमा विद्यार्थीहरुलाई राजनीति गराउनु हुन्न भन्ने जुन तर्क हामीमाझ आएको छ यो एकदमै संकीर्ण चिन्तन हो जस्तो मलाई लाग्दछ । राजनीतिले मानिसलाई बिगार्ने नभई सपार्ने कार्य गर्दछ यदि बिगार्ने भए त किन देशमा राजनीति गर्नु पर्यो ? किन विभिन्न पेशा व्यवसायीहरु अंगालनु भएकाहरु, समाजका बुद्दीजीवी वर्गहरु र आ–आफ्ना क्षेत्रहरुमा निकै राम्रा कार्यसम्पादन गरेकाहरु यो राजनीतिमा सक्रिय बन्नु हुन्थ्यो यो पनी सोचनीय कुरा बहसको विषय होला नी ? देश बनाउन , समाज परिवर्तन गर्न, राष्ट्र अनि राष्ट्रीयताको पक्षधरता बन्न, आफ्नो सभ्यता/संस्कृतिको जगेर्ना गर्नका निम्ति राजनीति गर्ने हो । देशमा समानताका लागि, समृदिका लागि, सबैलाई समुचित न्याय दिनका लागि राज्यले नीति बनाउछ जुन राजनीतिले नै बनाउने र कार्यान्वयन गर्ने हो । होला कुनै पात्र र घटनाक्रम विशेषले गर्दा राजनीति विकृत पक्कै भएको छ तर सिंगो राजनीतिलाई नै मूछनु भएन ।
यही विकृत सोच र चरित्र भएकालाई बढ़ारेर फ्याक्ने भनेको नै अबको नयाँ पुस्ता जो हाल विद्यार्थीहरु नै हुन जससंग नयाँ उर्जा, विचार र केही गरौ भन्ने हूटहुटी रहेको हुन्छ र यो सबै सिकाउन र बुझाउनका निम्ति राजनीतिक संगठन आवश्यक छन् । शैक्षिक संस्थामा गएर उनीहरुको माझमा रही नवीनतम माध्यमबाट विद्यालयको अवस्थाको मात्र नभई समाज र सिंगो देशको आजको अवस्था र भोलीका लागि सचेत, जिम्मेवार र आफ्नो कर्तव्य स्मरण गराउनका साथसाथै विद्यार्थी संगठनमा लाग्दैमा पार्टीको झन्डा नै बोक्नु पर्छ भन्ने सँकुचित सोचाइ बाट मुक्त गर्दै ,विद्यार्थी लाई राजनीतिक सोच र चिन्तन मा माथि उठाएर झन अध्ययनशिल बनाउने ,रचनात्मक र सिर्जनात्मक कार्य शैलीमा अग्रसर बनाउने भएकाले पनी शिक्षण संस्थामा राजनीतिक संगठनहरु आवश्यक छन् ।
४) देशमा शैक्षिक वेरोजगारीहरु दिनदिनै बढ्दै गइरहेको छ ? शैक्षिक सस्थाहरुमा विद्यार्थीको उपस्थिति न्यून हुदै जने क्रम वढ्दो छ । यो विषयमा तपाई के भन्नु हुन्छ ?
अत्यन्तै महत्त्वपूर्ण प्रश्न को निम्ति बिशेष आभार व्यक्त गर्दछु । नेपाल एक भौगोलिक दृस्ठिकोणले हेर्दा यहाँ प्रचुर सम्भावना बोकेको देश को रूपमा लिन सकिन्छ । प्राकृतिक स्रोत र साधन को हिसाबले नेपाल एक धनी रास्ट्र हो । तर यहाँ प्रकृतिले दिएको उपहार लाई भरपुर प्रयोग गर्न नसक्नुको कारण देशमा बेरोजगारी को संख्या दिनानुदिन बढ्दै गइरहेको अवस्था छ । देशमा उद्योग तथा कलकारखाना को स्थापना हुन सकिरहेको छैन ।राज्यको स्तर बाट उत्पादन र परिणाममुखी क्षत्रमा बजेट लगानी हुन नसक्नु ,जनताको आय स्तरमा टेवा पुग्ने भिजन नहुनु बेरोजगार को ज्वलन्त उदाहरण हुन ।बिशेष गरि विद्यार्थी लाई सीप मुलुक तथा प्राबिधिक शिक्षा मा केन्द्रित गराएर ,देशमा प्राबिधिक दक्ष जनशक्ति उत्पादन मा जोड दिनुपर्दछ ।
शैक्षिक सस्थाहरुमा विद्यार्थी को संख्या दिनानुदिन घट्दो क्रममा हुनुको कारण भनेको स्वदेश मा भबिस्य नदेख्ने एउटा सस्कार बसेर धेरै युवा शक्ति बिदेश पलायन हुने घटनाक्रमले गरेर हो । बिशेष गरि १२ कक्षा उतिर्ण गरेपछि धेरै विद्यार्थीहरु विदेश मै पढ्ने र उतै रोजगारी गर्ने उदेश्यले विदेशीन बाध्य छन ।क्याम्पस स्तरमा विद्यार्थी न्यून रहेको छ ,कतिपय क्याम्पसहरु मर्ज हुने विषम परिस्थितिमा छन ।
विद्यार्थी को रुचि भन्दा बाहिर को विषयहरु पढ्न बाध्य हुन पर्नु ,bachelor level लाई ४ बर्ष को लामो समय बनाउनु र त्.ग्. ले ४ बर्ष को अयगचकभ अयmउभितभ हुन ५–६ बर्ष लगाउनु प्रमुख कारण हुन् । स्वदेशमा अध्ययन सकेपछि रोजगारको सुनौलो भबिस्य सुनिश्चित नहुनु र विदेश जाने कुरामा देखासेखी को लहर चल्नु हुन । सरकारले आफ्नो तवर बाट ,त्.ग्. को कार्यक्रम लाई थप ब्यबस्थापन गर्न उचित भुमिका निर्वाह हुनुपर्छ । स्वदेशमा रोजगार को स्थापना गर्न महत्त्वपूर्ण भुमिका निर्वाह हुनुपर्दछ ।बजेट उत्पादनशिल कुरामा केन्द्रित रहनुपर्छ ,विद्यार्थी को रुचि र स्वदेशमा स्वरोजगार हुने वातावरण सिर्जना हुनुपर्दछ ।
५) अव प्रसंग वदलौं स्वतन्त्र विद्यार्थी यूनियन स्ववियू विद्यार्थीको साझा संस्था बन्न नसकेर कुनै पार्टीको भद्री संगठन जस्तो हुदैं गएको छ भन्ने आरोप छ ? के यही हो स्ववियुको उदेश्य ?
हरेक पार्टीको जन बर्गिय संगठन छन ,जस मध्ये विद्यार्थी संगठन एउटा दरिलो संगठन हो । विद्यार्थी राजनीतिले राजनीतिक चेतना स्तरमा निखारपना ल्याउने कुरा इतिहास देखि नै विधमान रहेको छ ।
जहाँ प्रसङ्ग रहेको छ, कुनै पनि पार्टी निकट बाट स्ववियु निर्वाचन जितेको ब्यक्तिहरु ,विद्यार्थी को साझा प्रतिनिधि नभएर ,पार्टीको भातृ संगठन भए भन्ने आरोप छ, आरोप लागेको कुरा म पनि स्वीकार्छु ।
सर्बप्रथम स्ववियु भनेको आफैं मा स्वतन्त्र विद्यार्थी युनियन को एउटा राजनीतिक रूपमा गरिमा बोकेको युनियन हो ।कतिपय अवस्थामा पार्टीको भातृ केन्द्र जस्तो देखिए पनि ,आगामी दिनहरू मा पुर्ण रूपमा स्ववियु भनेको आफैं मा स्वतन्त्र हुनुपर्छ ,कुनै पनि राजनीतिक दलको सेरोफेरोको दायरा भन्दा माथि उठेर ,आम विद्यार्थी को साझा प्रतिनिधि को रूपमा स्थापित हुन नितान्त जरुरी छ ।
बिस्तारै राजनीतिक बुझाई को चेतना स्तर माथि उठेसगै ,स्ववियु आफैं मा विद्यार्थी को साझा प्रतिनिधिमुलक सस्था को रूपमा स्थापित हुँदै गएको देखिन्छ । पार्टी बिचार र आस्था भन्दा फरक धारका सबै विद्यार्थी लाई समान हक र अधिकार को निम्ति स्ववियु आफैं मा स्वतन्त्र हुन जरुरी छ , हाल स्ववियु आफैं मा स्वतन्त्र विद्यार्थी युनियन को रूपमा राजनीतिक बिकास को परिवर्तनशिल यात्रामा गएको धेरै उदाहरण हामी सामु प्रष्ट छन ।
हामीले अब स्ववियु को मार्फत सामाजिक प्राणी को रूपमा पुर्ण ब्यबहारिक ज्ञान् हासिल गरेपछि मात्रै राजनीतिक प्राणी हुनुपर्छ भन्ने ज्ञान् को जागरण छर्नु छ । जब मानिस सामाजिक प्राणी को जीवन बाच्न सक्दछ ,तब मात्रै उस्ले राजनीतिक प्राणी को जीवन आदर्श जीवन मा ब्यतित गर्न सक्दछ र नेपाली राजनीतिमा नयापन को आभास दिलाउन सक्दछ । स्ववियु बिस्तारै आफैं मा दल भन्दा माथि उठ्दै गएको ज्वलन्त उदाहरण हाम्रो सामु प्रशस्त छन ।
६) अन्त्यमा केही छुटेमा भन्नुहोस ?
क. लेनिनको एक प्रसिद्ध भनाई के छ भन्दा “यदि तिमिले राजनीतिलाई हस्तक्षेप गर्देनौ भने राजनीतिले तिमिलाई हस्तक्षेप गर्दछ” भन्नूको अर्थ हरेक सचेत, देशभक्त नागरिकले राजनीति बुझ्न जरुरी छ र अहिले राजनीतिलाई फोहोर र गलत बनाउन खोजिएको छ यो फोहोरलाई सफा गर्न र गलतलाई सही बाटोमा हिड़ाउनका लागि हस्तक्षेप गर्न जरूरी छ र यसको मुख्य कार्यभार हामी विद्यार्थीहरुको काधमा भएकोले म आम सिन्धु विद्यार्थीहरुलाई अखिल(क्रान्तिकारी) मा आवद्व भई यो ऐतिहासिक जिम्मेवारी पूरा गर्न र देशको मुहार फेर्नका लागी आव्हान र अपील गर्दछु ।