चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थित वनदेवी माध्यमिक विद्यालयमा स्वर्गिय बुबाआमाको सम्झनामा सरस्वती देवीको मन्दिर निर्माण भएको छ ।
स्थानीय समाजसेवी अर्जुन विश्वकर्मा, कमल विश्वकर्मा र रमेश विश्वकर्माले आफ्ना स्वर्गिय बुबाआमाको सम्झनामा विद्यालय परिसरमा सरस्वतीको मन्दिर निर्माण गरेका हुन् ।
विद्यालय प्राङगणमा निर्माण गरिएको उक्त मन्दिर वसन्त पञ्चमी अर्थात आज सरस्वती पुजाको दिन पारेर विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
उक्त मन्दिर उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा सोही वडाका वडा सदस्य रामबहादुर घले, विद्यालय परिवार, स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।
स्थानीय समाजसेवी अर्जुन विश्वकर्मा सोही विद्यालयको विद्यालय व्यवस्थापनसमितिको अध्यक्ष समेत हुन ।