अर्जुन शर्मा, चौतारा, असोज २२ ।
कोरोना परिक्षणको रिपोर्ट २४ घण्टाभित्र दिने तयरीमा रहेको बागमती प्रदेशको सामाजिक विकास मन्त्री युवराज दुलालले बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “प्रदेशको सामाजिक विकास मन्त्रालयलयले मकवानपुरमा थप एक ओटा कोरोना ल्याब सहित पाँच जिल्लामा ल्याब सञ्चालन गर्ने अन्तिम तयारी गरेको हो । सो पाँचवटै ल्याब सञ्चालनमा आएपछी स्वाब दिएकाहरुको रिपोर्ट २४ घण्टाभित्रनै प्राप्त गर्न सकिने छ ।
मन्त्रालयले प्रदेशका विभीन्न जिल्लामा आइसीयु र आइसोलेसन सेवा दिने काम भइरहेको छ । प्रदेश मातहत रहेका अस्पताल सुधार अभियान अन्तरगत केही जिल्लामा आइसीयु सेवा दिन सुरु गरिएको छ । अरु बाँकी जिल्लामा समेत आइसीयु सेवा दिनका लागि सुरु गर्ने तयारी छ । हेटौंडा अस्पतालमा पनि आइसीयु सेवा दिने अन्तिम तयारी अनुसार काम भइरहेको छ । यसैगरी प्रदेश सरकारले प्रदेशका विभीन्न जिल्लामा कोरोना संक्रमितहरुलाई राख्नका लागि आइसोलेसन सञ्चालनमा ल्याएको समेत मन्त्री दुलालले वताउनुभयो ।
बागमती प्रदेशका काठमाण्डौं उपत्यका लगायतका जिल्लामा कोरोना भाइरस परिक्षणका लागि स्वाब दिएको एक हप्ता सम्म रिपोर्ट प्राप्त नगरेको गुनासोलाई बागमती प्रदेश सरकारले संबोधन गर्ने भएको हो । अहिले विद्यालय, क्याम्पस भन्दा बाहेक सबै क्षेत्र खुलेका छन् ।