चौतारा ।
चौतारा स्याउले सडकखण्ड अन्तर्गत दारेगौडा मोटरबाटोमा ढलानको काममा जनगुनासो बढेपछि मंगलबार बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल नेतृत्वको टोलिले अनुगमन गरेको छ । टोलीले अहिलेसम्म गरीएको ढलान, बाटोको स्टकचर, वेस र सबवेसको निरीक्षण गरेको हो ।
ढलानको आवश्यक प्राविधिक परीक्षण अर्थात ल्याब टेष्ट गर्ने र जे कमिकमजोरी पत्ता लाग्छ सच्याउन मन्त्री दुलालले निर्देशन समेत दिनुभयो । कालोपत्रे गर्नु अगाडिको वेस –सववेसको गुणस्तर पुगे नपुगेको प्राविधिकबाट मुल्याङ्रकन गराई पुगेको कुरा सुनिस्चीत गरेपछिमात्र आफुलाई बोलाएर कालोपत्रे गर्ने कार्य सुरु गर्ने गरी आयोजना प्रमुखलाई मन्त्री दुलालले निर्देशन समेत दिनुभयो ।
अनुगमन पश्चात भएको कमिकमजोरीलाई सच्याउदै ढलानको काम निरन्तर अघि बढाउन निर्देशन समेत दिएको छ । अब ढलानको र पिचको काम डिजाईन अनुसार हुने मन्त्री दुलालले बताउनुभयो ।
स्थानियको पहिलो चासो सोलिङ गर्नुपर्ने थियो तर सोलिङ भन्दा सव बेस राम्रो भएको र मापदण्डमा रक एरियामा सोलिङ गर्न नपर्ने उल्लेख गरीएको छ । सोलिङको सवालमा निमार्ण पक्षको कमजोरी नदेखिएको तर पुरानो रड प्रयोग गर्नुका साथै रडलाई दुई ईन्च कभर राखेर माथि उचालेर ढलान हाल्नुपर्नेमा त्यो पनि नगरेको पाईएको अनुगमन पश्चात मन्त्री दुलालले बताउनुभयो ।
तिहारको मौका छोपि ठेकेदारले सोलिङ बिना माटोमाथि रड विछ्याएर ढलान गर्न तयारी गरेपछि यसको चौतर्फी विरोध स्थानियबाट भएको थियो ।
वर्षौपछि चौतारा स्याउले सडक खण्ड कालोपत्रे हुन लागेकोमा स्टीमेट अनुसार दारेगौंडा बाटोमा गर्न लागेको ढलानमै कैफियत गर्न खोजेपछि स्याउलेबासी भने आक्रोशित बनेका थिए । माटोमाथि ढलान गर्न खोज्दैछ भने अर्कोतिर मापदण्ड अनुसारको रड विछ्याइएको नपाईएको भन्दै स्थानियले नियमक निकाय चुप लागेर बस्न नमिल्ने बताएका थिए । ढलानको विषयमा चौतर्फी विरोध भएपछि सामाजिक विकास मन्त्री युवराज दुलाल शरदले चासो दिनुभएको थियो ।
जनगुनासो र कामलाई गुणस्तरीय बनाउन भन्दै गरीएको अनुगमनमा मन्त्री दुलाल सहित आयोजना सञ्चालन गर्ने आरसिआईपीका प्रमुख मोहन चापागाइ ,प्राविधिक र चौतारा सांगाचोकगढि नगरपालिकाका जनप्रतिनिधि सहितको टोलि मंगलबार पुगेको हो ।